बुढानिलकण्ठ नगरपालिकाको मतदाता नामावली संकलन साउन १६ देखि ३२ सम्म गोल्फुटार मा हुने

बुढानिलकण्ठ नगरपालिकाको मतदाता नामावली संकलन साउन १६ देखि ३२ सम्म गोल्फुटार मा हुने

कपन अनलाइन

काठमाडौ,साउन ११ ।
निर्वाचन आयोगले स्थानीय तहको केन्द्रबाट मतदाता नामावली संकलन गर्ने पुर्व सूचना बमोजीम बुढानिलकण्ठ नगरपालिकाको सम्पूर्ण वडाका मतदाताहरुको नामावली स्थानिय तह निर्वाचनको मतगणना केन्द्र गोल्फुटार (वडा नं. ८ को कार्यालय) बाट श्रावण १६ गतेदेखि ३२ गतेसम्म हुने भएको छ ।

१८ वर्ष पुगेका तथा यस अघि विविध कारणले मतदाता नामावलीमा नाम समावेश गर्न छुट भएका बुढानिलकण्ठ नगरपालिकामा  स्थायी बसोबास गर्नुहुने सम्पुर्ण नगरवासी हरुले मतदाता नामावलीमा नाम समावेश गर्न गराउन सक्नेछन ।

२ वटा मतदान केन्द्र भएका वडाहरुका मतदाताले आफुलाई पायक पर्ने केन्द्रमा आफ्नो नाम लेखाउन सक्ने व्यवस्था निर्वाचन कार्यालयले गरेको छ ।

तपाइँको प्रतिक्रिया ।