बुढानिलकण्ठ नगरपालिका वडा नं १०,११ र १२ मा मेलम्ची खानेपानीको पाइप विस्तार गरिने

बुढानिलकण्ठ नगरपालिका वडा नं १०,११ र १२ मा मेलम्ची खानेपानीको पाइप विस्तार गरिने

कपन अनलाइन 

काठमाडौ,साउन ११ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १०,११ र १२ को खानेपानी समस्या समाधानका लागी काठमाडौ क्षेत्र नं ४ का सांसद डा .राजन भट्टराईको नेतृत्वमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा तिन वटै वडाका वडा अध्यक्ष सहितको टोली डेलिगेसन गएको छ ।

उक्त डेलिगेसनमा वडा अध्यक्षका साथमा वडाहरुका विभिन्न टोल सुधार समितिका अध्यक्षहरु र स्थानीय वासिन्दाहरुको पनि सहभागिता रहेको थियो ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका महाप्रवन्धक महेश भट्टराईलाई भेटेर मेलम्ची खानेपानी आयोजनाको पानी वडा नं १०.११ र १२ मा वितरण गर्ने व्यवस्था मिलाउन उक्त टोलीले आग्रह गरेको थियो । भेटमा महाप्रवन्धक भट्टराईले यी वडाहरुमा खानेपानी पाइप विस्तारका लागी सर्भे गरी आगामी अक्टोवर महिना सम्ममा डिजाइन तयार हुने बताएका थिए । यो काम छिटो सम्पन्न गर्नका लागी खानेपानी तथा सरसफाई मन्त्रालय र अर्थ मन्त्रालय संग समन्वय गरी बजेट व्यवस्था गर्नु पर्ने भट्टराईले भेटको क्रममा बताएका  थिए ।

बुनपाका१०,११ र १२ वडाहरुमा खानेपानीको निकै समस्या रहेको र यिनै वडा बाट काठमाडौंको अन्य स्थानमा पाइप विस्तार गरिने हुनाले पहिला कपनका वडाहरुमा पनि खानेपानी उपलव्ध हुनु पर्ने माग राखेको भेटमा सहभागी एक वडा अध्यक्षले बताए ।

 

 

तपाइँको प्रतिक्रिया ।