जगडोल सातदोबाटो चौरको बाटो सुधारका लागी स्थानीयको माग
कपन अनलाइन
काठमाडौ.साउन १० ।
गोकर्णेश्वोर नगरपालिकामा पर्ने सातदोबाटो जहाबाट आरुबारी ,गोकर्ण, पैयाटार र जगडोल जाने चौबाटो हो जुन स्थानमा चौरको हिलोको कारणले स्थानीयवासीले समस्या भोगिरहेका छन ।
हिलो र अत्यधिक खल्टाखुल्टी भएको त्यस स्थानमा दिनहुँ सवारी साधनहरु फस्ने गरेका छन । यो समस्या बाट सबै भन्दा बढी पिडित वालवालिका बोक्ने विद्यालयका सवारीहरु रहेका छन । बिधालयका गाडी बेलुका घण्टौ फस्दा वालवालिकाहरुमा भोक र त्रास बढ्ने
गरेको छ। विद्यालय हरुले बैकल्पिक व्यवस्था गरेपनि त्यसले समय र श्रम बढी खर्च हुदै आएको छ । यसले दैनिक तालिकामा समेत प्रभाव परेको एक विद्याल का प्रधानअध्यापकले बताए ।
यस चौरमा तत्काल उचित व्यवस्था गर्नका लागी सथानीयवासीले पहल थालेका छन जसमा स्थानीय वडा कार्यालय र सम्बन्धित निकायहरुमा गुनासो लिएर गएको एक स्थानीयवासीले कपन अनलाइनलाई बताए ।
धेरै ठाउमा जाने यो चौबाटो भएकोले अहिले यहाँ बाट आवतजावत गर्न निकै कठिन भएको छ र सम्बन्धित निकायले यसको अल्पकालीन र दिर्घकालिन समाधान खोज्नु पर्ने स्थानियहरुको माग छ ।
तपाइँको प्रतिक्रिया ।