ज्येष्ठ नागरिकका लागी युवा अभियान

ज्येष्ठ नागरिकका लागी युवा अभियान

कपन अनलाइन/निर्मला भट्टराई

आज नेपाली समाज विभिनन कारणले विक्षिप्त बनिरहेको छ । समाजमा अनगिन्ती विकृतीयुतक्त  कामहरु छताछुल्ल देखिन्छन, सुनिन्छन । मानिसहरु पैसा कमाउन आफ्नो इज्जत जुनसुकै तवरमा पनि बेच्न पछि पर्दैन्न । बाच्न कै लागी त्यस्ता कार्य गर्ने भन्दा पनि समाजमा ठुलाठालु बन्न त्यस्ता बिकृतिपुर्ण कार्य गर्नेहरुको जमात धेरै छ । त्यसता मानिसहरु र समाजको भिडमा एउटा फरक उत्तरदायीपुर्ण काम गरिरहेकाछन रिपिङहोपमा आवद्ध युवाहरुले । सन् २०११ मा युवाहरुद्धारा स्थापन गरिएको सस्था रिपिङहोपले युवाहरुलाई परिचालन गरेर ज्येष्ठ नागरिकहरुका लागि सस्कार र उत्तरदायी पुर्ण कार्य गरिरहेका छन ।

उपलव्ध हुने खाने सामग्री लिएका जेष्ठ महिलाहरु

वि.स. २०७२ को भुकम्पले विक्षिप्त भएका साहारविहिन ज्येष्ठ नागरिकहरुलाई खानेकुरा, कपडा दिने देखी अस्थाइ घर सम्म बनाइदिन सफल युवाहरुको समूहले एउटा फरक कामको थालनि गरेको छ । काठमाडौंको नागार्जुन नगरपालिकाको भिमढुङ्गा स्थित एकल साहरा विहिन ज्येष्ठ नागरिकहरुलाई मासिक खानेसामान को व्यवस्था गर्न लागि परेको छ । यस कार्यकोलागि देश विदेशमा बस्ने सहृदयी युवाहरुले साथ दिएका छन रिपिङ होपका युवाहरुलाई । त्यस कार्यसगं सम्बन्धित केही फोटोहरु यस प्रकार छन ।

खाधान्न पाएपछि खुसि जेष्ठ महिलाहरु

हालसम्म माथि देखिनु भएका सम्पुर्ण ज्येष्ठ महिलाहरुलाई दिने सामानको लागि जानुका जस्तै थप ७ जनाले रिपिङहोपमा आवद्धता जनाई सक्नु भएको छ । उतm सहयोगी मनहरुलाई उच्च सम्मान गदै रिपिङहोपका युवाहरु उत्साहाका साथ त्यस्तै विपतमा परेका साहारा विहिन ज्येष्ठ नागरिकहरुको खोजीमा देशदौडाहामा निस्केका छन । रिपिङ होपले यो उत्तरदायी पुर्ण र सस्कारयुतm कार्यलाई देशव्यापी पुर्याउने लक्ष्य राखेको छ । यस महान कार्यमा सहयोगी मनहरुलाई सधै स्वागत गर्ने र युवा र ज्येष्ठ नागरिकहरुको दुरी कम गर्दै जाने कार्यमा रिपिङ होपका सधै क्रियाशिल रहनेमा यसमा संलग्न युवाहरु विश्वस्त हुनु हुन्छ ।

तपाइँको प्रतिक्रिया ।