शंखरापुर नगरपालिका वडा नं ७ का योजना तथा कार्यक्रमहरु

शंखरापुर नगरपालिका वडा नं ७ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन 

काठमाडौ,साउन ९ ।

शंखरापुर नगरपालिका वडा नं ७ को साँखु  बजार भित्र भुकम्प पछि बिग्रेका सडकमा इट्टा छाप्न ५० लाख बजेट बिनियोजन भै सकेकोले चाडै काम सुरु गर्ने प्रमुख योजना रहेको वडा नं ७ का अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठले बताए ।

यस वडाका सडकहरुमा पुखुलाछी गाबिस अगाडी बाट कठन चोक सम्म ग्राबेल गर्ने र कठन चोक नजीक रहेको असखुसी खोला देखि महादेवस्थान गेट सम्म नयाँ मार्ग खोल्ने योजना वडा संग रहेको छ ।

वडालाई सूचना प्रविधि मैत्री बनाउन वडाका  विभिन्न स्थानलाई फ्री वाईफाई क्षेत्र घोषणा गरी उक्त सेवा उपलव्ध गराउने वडाले जनाएको छ ।

जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ता घरघर सम्म पुर्याउनुका साथै उनीहरुका लागी आराम गर्ने जेष्ठ ग्राम निर्माण गर्ने योजना वडा नं ७ ले बनाएको छ ।

वडाको ऐतिहासिक धार्मिक स्थल शालिनदीमा पुरुष व्रत बस्ने धलमपुलीमा पहिरो गएर जोखिम बढेकोले त्यसको मर्मत र व्यवस्थापन गर्ने काम वडाले अगाडी बढाएको छ।त्यसैगरी  शालिनदी परिसरमा रहेको भिमसेनस्थानमा पाटी बनाइने अध्यक्ष श्रेष्ठले बताए ।

पुरातत्त्व विभाग संग समन्वय गरेर  पौराणिक शैलीमा साँखु बजार पुनर्निर्माण गर्ने र पुरानो शैलिमा साँखु बजार भित्र घर बनाउनेलाई १ लाख अनुदान दिने अध्यक्ष श्रेष्ठले बताए ।

वडा भित्र अनियन्त्रित र अनाधिकृत रुपमा बालुवा निकाल्ने कार्यलाई कडाईका साथ नियन्त्रण गर्ने र यसका लागी प्रहरी प्रशासन र सम्बन्धित निकायमा कुरा गरिसकेको अध्यक्ष श्रेष्ठले बताए ।

वडामा रहेको  स्वास्थ्य चौकीको सेवा विस्तार गरी १५ सैयाको अस्पताल बनाउन पहल सुरु गरिएको र यस वडाको अर्को योजनामा पुखुलाक्षीमा रहेको Treatment plant लाई मर्मत तथा सुधार गर्ने पनि रहेको छ ।

लक्षित बर्गको कार्यक्रम तर्फ स्थानीय महिला समुह र युवा क्लवहरु संग छलफल गरी शिपमुलक र रोजगार मुलक तालिम संचालन गर्ने योजनामा वडा रहेको छ भने एकल महिलालाई शौचालय बनाउन रेडक्रस संग समन्वय गरेर सहुलियत दिने योजना वडा नं ७ को रहेको छ ।

वडा भित्र रहेका सार्वजनिक जग्गाहरुको अभिलेख संकलन गरी उचित स्थानमा सामुदायिक भवन ,खेल मैदान आदि निर्माण गर्ने योजना रहेको वडा नं ७ का अध्यक्ष श्रेष्ठले बताए ।

वडामा आउने  हरेक सेवाग्राहीलाई मुस्कान सहित छिति छरितो सेवा प्रदान गर्न जनप्रतिनिधि र कर्मचारीलाई निर्देशन गरी सकेको उनले बताए ।

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।