एकै परिवारका चार जना मृत फेला ; संशोधित समाचार

कपन अनलाइन 

९युवराज पाण्डे०

बनेपा, ७ साउन । काभ्रेपलाञ्चोकको बनेपामा आज एकै परिवारका चार सदस्य मृत अवस्थामा फेला परेका छन् ।

बनेपा–८ स्थित बसपार्कमा रहेको गौतम भोजनालयमा ६५ वर्षीय हरिभक्त दाहाल, ६० वर्षीया हरिमाया दाहाल, ३२ वर्षीय राजाराम दाहाल र २५ वर्षीया रञ्जना दाहाल मृत अवस्थामा फेलापरेको र के कारण उनीहरुको मृत्यु भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाए।

दाहाल परिवार बनेपा–२ टुकुचा नाला निवासी हुन् । मृत भेटिएकाहरु एकै परिवारका बुबा, आमा, छोरा र छोरी हुन् ।

तपाइँको प्रतिक्रिया ।