नेपाल कुराँस संघ काठमाण्डौ जिल्ला कार्यसमिती गठन

नेपाल कुराँस संघ काठमाण्डौ जिल्ला कार्यसमिती गठन

कपन अनलाइन 

काठमाडौ,साउन ७  ।

नेपाल कुराँस संघ काठमाण्डौ जिल्ला कार्यसमिती गठन भएकोछ। जिल्ला खेलकुद विकास समिति काठमाडौंका  अध्यक्ष धुर्वराज न्यौपानेको प्रमुख अतिथ्यतामा भएको प्रथम साधारण सभाले  जिल्ला खेलकुद समिति काठमाडौंका सदस्य जय गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

काठमाडौं जिल्ला समितिको उपाध्यक्ष द्वय,सचिव र कोषाध्यक्षमा क्रमस: सन्तोष कुँवर ,दिलिप थापा मगर ,गणेश मिश्र र कृष्ण गुरुङलाई चयन गरेको छ । समितिका सदस्यहरुमा सुरज थापा , अमिर  बिडारी,अजय कुइकेल ,सुशील अधिकारी ,शंकर राउत ,नविन खत्री ,आशुतोष जंग थापा ,कुमार चालिसे ,आकाश खड्का ,मोहन कृष्ण सापकोटा ,बिमल तामांग ,पवन लामा राम खड्का ,जनक श्रेष्ठ र उज्जवल तामांगलाई चयन गरेको छ ।

काठमाडौं जिल्लाको प्राथन सभामा नेपाल कुराँस संघका  केन्द्रिय अध्यक्ष दान बहादुर घिसिंग, जिल्ला खेलकुद विकास समिति काठमाडौंका सदस्यहरु देवराज गुरुङ ,देबेन्द्र तन्डुकार ,बुढानिलकण्ठ नगर  खेलकुद विकास समितिका अध्यक्ष प्रकाश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटनमा बोल्दै प्रमुख अतितिथि तथा अतिथिहरुले यस संघले आगामी दिनमा गतिविधिहरुलाई तीव्रता दिदै आफ्नो पहिचान बनाउनका लागि सुभकामना प्रदान गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।