‘छक्का पन्जा २’को पहिलो गीत ‘ए दाजु नसमाउ’ सार्वजनिक

‘छक्का पन्जा २’को पहिलो गीत ‘ए दाजु नसमाउ’ सार्वजनिक

कपन अनलाइन 

काठमाडौं, ६ साउन । व्यवसायिक रुपमा सर्वाधिक सफल फिल्म ‘छक्का पन्जा’को सिक्वेल फिल्म ‘छक्का पन्जा २’को पहिलो गीत सार्वजनिक भएको छ ।

राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच उक्त फिल्मको ‘ए दाजु नसमाउ नाडीमा’ बोलको गीत सार्वजनिक भएको हो । दीपकराज गिरी र प्रिन्सको लेखेको गीतलाई अल्मोडा राना उप्रेती र सुजाता वर्माले स्वर दिएका छन् ।

‘छक्का पन्जा २’ आगामी असोज ११ गते देशभर रिलिज हुदैँछ ।

 

तपाइँको प्रतिक्रिया ।