कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ योजना तथा कार्यक्रमहरु

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ योजना तथा कार्यक्रमहरु

कपन अनलाइन

काठमाडौ,साउन ६ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ मा तीव्र गतीमा बस्ती विकास भैरहेको हुदा यस वडामा ढल व्यवस्थापनको मुख्य योजना रहेको वडा नं ८ का अध्यक्ष श्रीकृष्ण प्रसाद चापागाईले बताए ।

यस वडाको अर्को समस्या खानेपानीको रहेकोले यसको समाधानका लागी विशेष योजना बनाई सबै पक्षको छ्लफलमा काम अगडी बढाउने योजनामा वडा नं ८ रहेको छ ।

यस वडामा बाटो सानो रहेको र ती बाटाहरु विस्तार गरी पैदल यात्रुहरुका लागी फुटपाथ निर्माण गर्ने योजना वडाले बनाएको छ ।

जेष्ठ नागरिकहरुका लागी सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्याउने योजनमा वडा नं ८ रहेको छ साथै जेष्ठ नागरिकहरुका लागी विश्राम स्थल र दिवा सेवा केन्द्रको अवधारणा पनि वडाले अगाडी सारेको छ । जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गर्ने र उनीहरुको गुनासो सुन्ने व्यवस्था मिलाउने वडाको योजना रहेको छ ।

यस वडाको अर्को योजनामा आफ्नो छुटै स्वास्थ्य चौकी स्थापना गर्ने रहेको छ जसको लागी आवस्यक प्रकृया सुरु गरिसकेको अध्यक्ष चापागाईंले बताए ।

वडा नं ८ खुल्ला दिशामुक्त घोसणा भैसकेकोले त्यसको कार्यान्वयनको अवस्था अनुगमन गर्ने र वडालाई सफा र सुन्दर बनाउने अभियान सुरु गर्ने अध्यक्ष चापागाईको योजना छ ।

महिला लक्षित कार्यक्रम तर्फ विविध शिपमुलक र उत्पादन मुखी तालिम र सचेतनाका कार्यक्रम संचालन गर्ने योजना  वडाले बनाएको छ । युवा लक्षित कार्यक्रम तर्फ खेलकुद कार्यक्रम आयोजना ,पुस्तकालय , युवा क्लव स्थापना गर्ने योजनामा वडा रहेको छ ।

वडा भित्र धेरै खेती  योग्य जमिन रहेकोले त्यसबाट अधिकतम उत्पादन गर्नका लागी आधुनिक र ब्यवसायिक कृषिका लागी उचित परामर्श र शिक्षाको व्यवस्था गर्ने योजना वडा नं ८ को रहेको छ ।

वडा भित्रका  सार्वजनिक जग्गा  संरक्षणका लागी विशेष योजना बनाएको वडाले विभिन्न स्थानमा प्रतिक्षालय निर्माण गर्ने योजना अगाडी सारेको छ ।यसका साथै सार्वजनिक धारा र सांस्कृतिक सम्पदा संरक्षणमा विशेष ध्यान दिने अध्यक्ष चापागाईले बताए ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।