जगडोल रेसिडेन्ट ग्रुपको पहलमा श्री जनजागृती माध्यमिक बिद्यालयलाई खेलकुद सामाग्री प्रदान

जगडोल रेसिडेन्ट ग्रुपको पहलमा श्री जनजागृती माध्यमिक बिद्यालयलाई  खेलकुद सामाग्री प्रदान

कपन अनलाइन 

काठमाडौ,श्रावण ५ ।

श्री जनजागृती माध्यमिक बिद्यालय बुढानिलकण्ठ नगरपालिका ११ लाई खेलकुद बिकासको लागी जगडोल रेसिडेन्ट ग्रुपको सक्रियतामा खेलकुद सामग्री हस्तान्तरण गरिएको छ ।

जगडोल रेसिडेन्ट ग्रुपको विशेष पहलमा उक्त सामाग्री जिल्ला खेलकुद विकास समिति  काठमाडौले प्रदान गरेको थियो । जगडोल रेसिडेन्ट ग्रुपका सदस्य  सन्तोष पौड्याल र कुमार खड्काकोसक्रियतामा  २२ थान खेल सामाग्री विद्यालयलाई उपलव्ध गराइएको छ।

विद्यालयलाई प्रदान गरिएका खेलकुद सामग्रीमा  भलिबल -२ फूटबल -२ बास्केटबल -२ भलिबल नेट- १ चेस सेट- ३ लुडो- ३ डोरी -५ रिङ्ग -५ फलाइङ डिस्क -५ थान रहेका छन ।

जगडोल रेसिडेन्ट ग्रुपका प्रतिनिधिहरुलाई जिल्ला खेलकुद विकास समिति काठमाडौका अध्यक्ष धुर्वराज न्यौपानेले सामाग्री हस्तान्तरण गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।