कागेश्वरी मनोहरा नगरपालिका वडा नं  ५ का कार्यक्रम तथा योजनाहरु

कागेश्वरी मनोहरा नगरपालिका वडा नं  ५ का कार्यक्रम तथा योजनाहरु

कपन अनलाइन 

काठमाडौ,श्रावण ५ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं  ५ भित्र पर्न्ने  जोरपाटी साँखु  सडक खण्ड निर्माण  र अन्य  सहायक मार्गहरूको बिस्तार र स्तरउन्नति गर्ने मुख्य योजना रहेको वडा अध्यक्ष राजाराम पुडासैनीले कपन अनलाइनलाई बताएका छन ।

वडाका भित्री सडकमा ढुङ्गा र ब्लक बिछ्याउने कार्य सम्पन्न गरी वडाको सबै स्थानमा सहज आवागमनको व्यवस्था मिलाउने योजनामा वडा नं ५ को रहेको छ ।

कागेश्वरी मनोहरा वडा नं  ५ को अर्को  योजना जेष्ठ नागरिकहरुलाई प्रदान गर्ने  सामाजिक सुरक्षा भत्ता पारदर्शी रुपमा बैंकिंग प्रणालीको प्रयोग गरी वितरण गर्ने रहेको छ । यस्तो भत्ता लिन आउन नसक्ने लाई ब्यांक कर्मचारीको सहयोगमा घर घरमा वितरणको व्यवस्था गर्ने तयारी वडाले गरेको छ ।

यस  वडामा  रहेको खानेपानीको  समस्यालाई हटाउन डाछी भद्रबासबाट बितरित पानीलाई पिउन योग्य बनाई  वितरण गर्ने योजना वडाको छ ।

उज्यालो नगर कार्यक्रम अन्तर्गत निजि क्षेत्रलाई सहभागी गराएर वडाका प्रत्येक सडकमा सौर्य बत्ती जडान गर्नुका साथै वडा भित्ररहेका  सार्बजनिक जग्गाको अभिलेखकिकरण गरि संरक्षण गरिने गर्ने अध्यक्ष पुडासैनीले बताए ।

वडाको स्वस्थ्य चौकीलाई स्तरउन्नति गरी  १५ सैयाको बेडसहितको बर्थिङ सेन्टर बनाउने योजना वडाले बनाएको छ ।यसै गरि वडा भित्ररहेका  सामुदायिक बिधालयको अनुगमनका साथै जेहन्दार तथा गरिब बिध्यर्थीलाई निशुल्क पठनपाठन गर्ने ब्यबस्था मिलाउने वडाले योजना बनाएको  छ  ।

महिला लक्षित कार्यक्रमहरुलाई उत्पादक र उपयोगी बनाउन विविध रोजगार मूलक तालिम र  जनचेतना मुलक कार्यक्रम संचालन गरिने वडाले बतायो ।यस वडामा उपयुक्त स्थानमा खेल मैदान निर्माण गरी युवा केन्द्रित गतिविधिलाई तीव्रता दिने अध्यक्ष पुडासैनीले बताए

तपाइँको प्रतिक्रिया ।