कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ का कार्यक्रम तथा योजनाहरु

कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ का कार्यक्रम तथा योजनाहरु

कपन अनलाइन 

काठमाडौ,श्रावण ५ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ भित्रका मुख्य सडक र सहायक सडक मर्मत,निर्माण र सुधार गर्ने प्रमुख योजना रहेको वडा नं २ को योजना रहेको वडा अध्यक्ष सुदर्शन धिमालले बताए ।

यस वडाका सडकहरुमा कृष्णचौर देखी  ठुला डेख ,चौतारीटार देखी  सुर्यमण्ड्ली , कृष्ण मन्दीर  देखी आकाशी ,सिमाना देखि त्रीशक्ति सडक र सुर्यमण्ड्ली सडकलाई प्राथमिकतामा राखेर काम अगाडी बढाएको वडाले जनाएको छ ।

जेष्ठ नागरिकहरुका लागी नेपाल सरकारले उपलव्ध गराएको बाहेक अन्य औषधी स्वास्थ्यचौकी संग समन्वय गरी निशुल्क वितरण गर्ने वडा नं २ को योजना रहेको छ ।

वडा भित्र रहेका सार्वजनिक जग्गाहरुको अभिलेख संकलन गरी संरक्षणका कार्यक्रम आगाडी बढाउने वडाको योजना रहेको छ भने वडा भित्रका ऐतिहासिक धारा ,इनार र अन्य सम्पदाको संरक्षणको  प्रभावकारी कार्यक्रम लागु गर्ने योजनामा वडा रहेको छ ।

वडामा रहेको खानेपानीको समस्या समाधानका लागी समाज र वडावासी संग समन्वय गरेर विशेष योजना निर्माण गर्ने वडा नं २ ले जनाएको छ । यहि भाद्र १ गते देखि वडा नं १ र २ मिलेर गागल –बागमती फाँट हुदै रत्नपार्क सम्म बस संचालनको तयारी अन्तिम चरणमा पुगेको वडा नं २ ले कपन अनलाइनलाई बतायो ।

महिला लक्षित कार्यक्रम तर्फ आयमुलक र शिपमुलक तालिम संचालन गर्ने योजना अनुरुप कुसन बनाउने तालिम सम्पन्न गरी अन्य तालिमको योजना वडाले बनाएको छ भने स्वास्थ्य स्वयंसेविकाहरुलाई अध्ययन भ्रमणमा लैजाने योजना वडाले बनाएको छ ।

कागेश्वरी मन्दीर जाने बाटोमा सिढी बनाउनुका साथै बनभोज स्थल निर्माण गर्ने वडाको अर्को मुख्य योजना रहेको छ भने आकासे फाँटको ८०० रोपनी जग्गामा नमुना वस्ती निर्माण गर्ने अध्यक्ष धिमालले बताए ।

 

 

तपाइँको प्रतिक्रिया ।