कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ का योजना तथा कार्यक्रमहरु

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ का योजना  तथा कार्यक्रमहरु

कपन अनलाइन

काठमाडौ,श्रावण ६ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ मा वातावरण मैत्री टोल सुधार समितिहरु गठन गरी वडाको सरसफाईका लागी १० हप्ते” सफा र स्वस्थ वडा” अभियान संचालन गर्ने मुख्य योजना रहेको वडा अध्यक्ष जीवन थापाले बताए ।

वडाका सडकहरुको योजनामा मुख्य र साखा सद्खारू मर्मत् र सुधार गरी वडाका सबै स्थानमा सवारी आवतजावत सूचारु  गर्ने योजना वडाले बनाएको छ ।

वडामा आउने सेवाग्राहीहरुलाई मुस्कान सहितको छिटो छरितो सेवा प्रदान गर्न अध्यक्ष आफैबाट मुस्कान सहितको सेवा सुरु गरी सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरुलाई आवस्यक निर्देशन प्रदान गरी सकेको वडाले जनाएको छ ।

लक्षित बर्गको कार्यक्रम तर्फ महिलाहरुलाई शिपमुलक र आयमुलक कार्यक्रमहरु जस्तै ब्युटिसियन तालिम, जुत्ता बनाउने  तालिम आदी संचालन गरी उत्पादनशील कार्यमा महिलाहरुको समय र शक्तीलाई प्रयोग गर्ने योजना वडाले बनाएको छ ।साथै गरिखाने बर्गका वडावासीहरुलाई बाख्रा पालन अभियान संचालन गरिने छ ।

वडामा रहेको ऐतिहासिक जगतजंगको दरवार र क्षेत्रलाई स्थानीयको सहयोग र सहभागितामा पार्क निर्माण गर्ने योजनमा वडा नं ७ रहेको छ । आधुनिक कृषि प्रविधि र साधनको उपयोग गरी उत्पादन वृद्धि गर्नका लागी आवस्यक परामर्श र तालिम प्रदान गर्ने योजना बनाएको अध्यक्ष थापाले बताए ।

वडामा शान्ती सुरक्षा कायम गर्ने अहिलेको प्रहरी सक्षम नभएको र धेरै घटना घटेको जनगुनासो बढेकोले सम्बन्धित पक्ष संग छलफल गरेर नया व्यवस्था गर्न वडा सक्रियता पुर्वक लागेको अध्यक्ष थापाले कपन अनलाइनलाई बताए ।

यस वडामा जग्गा किनवेचमा समस्या भै निकै जनगुनासो बढेकोले यस सम्बन्धमा उपत्यका जग्गा विकास प्राधिकरण संग छलफल गरी समाधान खोज्ने प्रयासमा वडा नं ७ रहेको छ ।

यस वडामा वितरण हुने सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्याउने योजना वडाले बनाएको छ भने युवाहरुको सृजनशीलता र क्षमता विकासका लागी उनीहरुको सहभागितामा विभिन्न रचनात्मक गतिविधि गर्ने योजनामा वडा नं ७ रहेको छ ।

ढलको पानी खोलामा मिसाउने कार्यलाई कडाई गरी रोक्नका लागी यसको बैकल्पिक उपाय खोज्न वडावासी संग छलफल गर्ने योजनमा वडा नं ७ रहेको छ भने वडाका विविध पक्षको अध्ययन र अनुसन्धान गर्न एउटा अध्ययन केन्द्र संचालन गर्ने योजनमा वडा नं ७ रहेको छ ।

वडामा आगामी ३ महिना भित्र व्यवसायिक र अन्य कर सम्बन्धी सचेतना कार्यक्रम संचालन गरी आय वृद्धि गर्ने योजना वडा नं ७ को रहेको छ । यस्तै वडाका सामुदायिक र सार्वजनिक विद्यालयहरुलाई उचित सहयोग गरी  शैक्षिक गुणस्तर वृद्धिमा ध्यान पुर्याउने अध्यक्ष थापाले बताए ।

 

 

तपाइँको प्रतिक्रिया ।