जीवन तारा एकेडमी गोकर्णेश्वर -९को जनप्रतिनिधिलाई सम्मान

जीवन तारा एकेडमी गोकर्णेश्वर -९को जनप्रतिनिधिलाई सम्मान

कपन अनलाइन

काठमाडौ,श्रावण ५ ।

काठमाडौको गोकर्णेश्वर नगरपालिका वडा ९ आरुबारीमा २०६३सालमा स्थापित जीवन तारा एकेडमीले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको सम्मान तथा माध्यमिक शिक्षा परिक्षा (S.E.E) २०७३ का विद्यार्थीहरुलाइ बधाई तथा सम्मान कार्यक्रम गरेको छ ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकी उप प्रमुख  शान्ती नेपाल वडा ९का वडा अध्यक्ष राजिब थापा , नेपाल सस्थागत बिद्यालय संघका  अध्यक्ष ओम ढकाल लगायत पत्रकार ,अभिभावक र विद्यार्थीको  बाक्लो उपस्थिती रहेको थियो ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको उक्त कार्यक्रममा बिबिध सांस्कृतिक  कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।।उक्त कार्यक्रम  एसइइमा ल्याएको  उत्कृष्ट अँकको आधारमा लेखा शिक्षक तथा जीवन तारा मावीका प्रअ अ्मर गिरीलाई पनि  सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिकाका  उप प्रमुख  शान्ती  नेपालले विद्यार्थीलाई  उचित परामर्श नदिदा विविध कारणले आफ्नो शैक्षिक गन्तव्यमा पुग्न सक्दैनन ,गलत बिषय चयन गर्न सक्ने र साथीहरूको लहलहैमा लागेर र अभिभावकको करले गर्दा आफुलाइ मन परेको बिषय रोज्न नसकेर विद्यार्थीहरु अलमलिएको देखिएकोले  अभिभावकहरु र विद्यार्थीहरु पनि सजग भै आफुलाई मन परेको विषय अध्ययन गर्नु पर्ने बताएकी थिइन्  ।

कार्यक्रममा जीवन तारा एकेडेमीका प्रीन्सिपल अमर गिरीले जीवनतारा एकेडमी तीन वटा स स्वास्थ , संस्कार र शिक्षामा आधारित भै अघि बढेको बताएका थिए  ।

कार्यक्रमको अध्यक्षता  मधुसूदन ढकालले गरेका थिए  भने संचालन जीवनताराका शिक्षक  नवराज सापकोटाले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।