काठमाण्डौ महानगपलिका वडा नं ७ का योजना तथा कार्यक्रमहरु

काठमाण्डौ महानगपलिका वडा नं ७ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन 

काठमाडौ,श्रावण ४  ।

काठमाण्डौ महानगपलिका वडा नं ७ को मुख्य ब्यापारिक केन्द्र चावहिलमा ओभर हेड ब्रिज बनाउने मुख्य योजना रहेको वडा नं ७ का अध्यक्ष शुद्ध डंगोलले बताए ।

वडाका सडकहरुमा ८ मिटर भन्दा माथिका मित्र पार्क -कालोपुल ,मित्रपार्क -भत्केको पुल,पिपलबोट -गौरीघाट र चुचेपाटी -मैजुबहाल सडकहरु सडक विभागलाई हस्तान्तरण गर्ने वडा नं ७ ले बतायो।

वडाको मुख्य बाटोको ढल र अन्य समस्या बढी भै जनगुनासो बढेकोले यसका लागी मेलम्ची खानेपानीका प्रतिनिधि ,प्रहरी र सरोकारवाला पक्ष संग  बैठक गरी समाधानको खोजीमा लागेको वडाले बतायो ।

यस वडाले युवा लक्षित कार्यक्रम तर्फ स्थानीय क्लव र संस्थाहरुलाई शसक्तिकरण गरी विविध गतिविधि संचालन गर्ने योजनामा वडा रहेको छ। यसका लागी संघसंस्थाको र वडाको संयुक्त बैठक गर्ने योजना वडा नं ७ ले बनाएको छ ।

वातावरण संरक्षणका लागी हरेक सनिवार “Clean The City” अभियान संचालन गर्नुका साथै अन्य जनचेतना मुलक कार्यक्रम पनि  संचालन गरिने अध्यक्ष डंगोलले बताए ।

वडामा रहेको पशुपती क्षेत्र विकास कोष अन्तर्गत पर्ने सिफल चौरलाई विपदको समयमा सुरक्षित स्थानको रुपमा प्रयोग गर्न वडाका सबै स्थानबाट यहाँ सम्म आइपुग्ने बाटो र निकास खोल्न काम सुरु गरिसकेको वडाले यहाँ चल्ने जात्रा लाई पनि विशेष महत्व दिने जनाएको छ ।

महिला लक्षित कार्यक्रमतर्फ स्वरोजगार मुलक तालिम अन्तर्गत अहिले जुत्ता बनाउने तालिम सम्पन्न गरेको र अव सबै महिला संजालको बैठक गरी उचित प्रभावकारी योजना बनाउने वडाले बताएको छ ।

सार्वजनिक जग्गा संरक्षण तर्फ पुरानो मालपोत र धोवीखोला छेउका जग्गा अतिक्रमणमा परेकोले तिनको अभिलेख संकल गरी जग्गा खोज्ने अभियानमा लाग्ने अध्यक्ष डंगोलले बताए । यो संगै वडामा हुने फुटपाथको व्यापारलाई उचित व्यवस्थापन गर्ने योजना वडाले बनाएको छ ।

वडा नं ७ ले अर्को महत्वपूर्ण कार्यको लागी पशुपती मित्र मावीसंग छलफल गरेर त्यहाँ रहेको ५ रोपनी जग्गामा पार्किंग सहित ब्यापारिक भवन निर्माण गरी वडालाई आर्थिक रुपमा बलियो र भौतिक रुपमा सम्पन्न बनाउने योजना  पनि अगाडी सारेको  छ ।

 

 

तपाइँको प्रतिक्रिया ।