कार्यकारी अधिकृत आफु भन्दा कनिस्ट भएको भन्दै बुनपामा बस्न मानेनन् शिक्षाका उपसचिव युवराज पौडेल

कपन अनलाइन

काठमाडौ,श्रावण ४ ।

शिक्षा मन्त्रालयले स्थानीय तहको निर्वाचन पछि विभिन्न  उप–सचिवहरुलाई स्थानीय तहमा सरुवा गरेको थियो ।यसै  सरुवाको क्रममा बुढानिलकण्ठ नगरपालिकामा उप- सचिव युवराज पौडेल सरुवा भै आएका थिए । उनले आफु सरुवा भै आएको बुढानिलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत  विस्वराज मरासिनी कनिस्ट भएको भन्दै पुन मन्त्रालयमा नै हाजिर गराउनका लागी निवेदन दिएका छन ।

शिक्षा मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै उनले दिएको निवेदनमा  बुढानिलकण्ठ नगरपालिकामा काम गर्न कानुनी जटिलता रहेको भन्दै मन्त्रालयमा नै हाजिर हुने व्यवस्था मिलाउन अनुरोध गरेका छन । निवेदनमा आफ्नो बढुवा मिति २०६६/०२/०८ भन्दा कार्यकारी अधिकृत मरासिनी कनिस्ट रहेको उल्लेख गरेका छन ।

हेर्नुहोस पौडेलले शिक्षा मन्त्रालयलाई  दिएको निवेदन :

तपाइँको प्रतिक्रिया ।