गोकर्णेश्वर नगरपालिका वडा नं ७ का योजना तथा कार्यक्रमहरु

गोकर्णेश्वर नगरपालिका वडा नं ७ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन

काठमाडौ,श्रावण ४।

गोकर्णेश्वर नगरपालिका वडा नं ७ का योजना तथा कार्यक्रमहरुको वारेमा विवरण स्थलगत रुपमा कुराकानी गरी तयार पारिएको सामग्री यहाँ प्रस्तुत गरेका छौ ।

सार्वजनिक जग्गाहरुको अभिलेख संकलन गरी जग्गा संरक्षण र उपयोग गर्ने विशेष योजना बनाउने गोकर्णेश्वर नगरपालिका वडा नं ७ का अध्यक्ष केशव गुरुङले बताए ।

वडाका महिलाहरुको नेतृत्व क्षमता बिकासको लागी  विभिन्न सीपमुलक तथ आयआर्जन सम्बन्धी  कार्यक्रम  जस्तै सिलाइ बुनाइ, ड्राइभिङ  तालिमको आयोजना गर्ने योजना वडा नं ७ ले बनाएको छ ।

वडाको अर्को महत्वपूर्ण कामको रुपमा शान्तीनगर दुर्गामन्दीर  संरक्षण गर्ने  त्यहाँको जग्गामा सटर निर्माण सम्पन्न गरी  र त्यसको भाडाबाट उठेको रकम बाट पुजारी ब्यबस्थापनका साथै मन्दिर संरक्षण गर्ने रहेको छ ।

यस वडामा रहेका सडकहरु निर्माण ,मर्मत र स्थानीय आवश्यकता अनुसार सडक बिस्तार तथा स्तर उन्नति गर्ने योजना वडा नं ७ ले बनाएको छ ।

जेष्ठ नगारिकहरुका लागी विश्राम स्थल निर्माण ,अनुभव साटफेर स्थल निर्माण  र सम्मान तथा धार्मिक यात्रा गराउने योजनामा वडा रहेको छ ।

वडामा रहेको फोहोर तथा ढल व्यवस्थापनका लागी वडावासीहरुको बृहत भेला गरी सुझाव संकलन गरेर योजना निर्माण गरी कार्यान्वयन गर्ने योजनामा वडा नं ७ रहेको छ ।

वडावासीहरुको स्वास्थ्य सेवामा सहज पहुँचका लागी स्वास्थ्य सम्बन्धी योजना वडाले बनाइरहेको र यसको कार्यान्वयन यथासिघ्र गर्ने र विपद व्यवस्थापनका लागी जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने योजना वडाको रहेको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ७ लाई नमुना वडा बनाउनका लागी भौतिक विकास निर्माणलाई विशेष जनसहभागिता मूलक कार्यक्रमहरू वडावासीको संलग्नतामा संचालन गर्ने वडा नं ७ का अध्यक्ष गुरुङले बताए ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।