निर्वाचन आयोगले स्थानीय तहको केन्द्रबाटै फोटो सहितको मतदाता नामावली संकलन गर्ने

कपन अनलाइन 

काठमाडौ,श्रावण ३  ।

निर्वाचन आयोगले स्थानीय तहको केन्द्रबाटै फोटो सहितको मतदाता नामावली संकलन गर्ने निर्णय गरेको छ ।

यस सँगै मतदाता नामावलीमा नाम लेखाउनकै लागि जिल्ला सदरमुकाम जानपर्ने बाध्यता हटेको छ । स्थानीय तहको कार्यालयमा साउन १६ देखि ३२ गतेसम्म नाम दर्ता तथा संकलन गरिने छ । साथै जिल्ला सदरमुकाम रहेको स्थानीय तहमा निर्वाचनको मिति घोषणा नहुँदासम्म नामावली संकलन गर्ने भएको छ ।

तपाइँको प्रतिक्रिया ।