बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा “घरघरमा डाक्टर “ अभियान संचालन

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा “घरघरमा डाक्टर “ अभियान संचालन

कपन अनलाइन

काठमाडौ,श्रावण ४ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा “घरघरमा डाक्टर “ अभियान संचालन भैरहेकोछ ।नेपाल मेडिकल कलेज ,जोरपाटीको सामुदायिक चिकित्सा विभागसंगको सहकार्यमा संचालित अभियान १ वर्ष सम्म चल्नेछ ।

यस अभियानमा नेपाल मेडिकल कलेजका छैटौ सेमेस्टरका बेसिक साइन्सका १३५ विद्यार्थीहरुले प्रति विद्यार्थी २ परिवारका दरले १ वर्ष सम्म नियमित स्वाथ्य अवलोकन र निरीक्षण गर्नेछन ।

यसमा प्रसिक्षार्थी डाक्टरहरुले परिवारको आम्दानीको श्रोत ,स्वास्थ्य समस्या ,बानी  व्यवहार ,रोग र तिनको रोकथाम उपचार आदिको वारेमा बिस्तृत अध्ययन गर्ने छन ।

यो कार्यक्रमले समाजका सामाजिक र स्वास्थ्य सम्बन्धी समस्या पहिचान र समाजले कस्तो डाक्टर खोजेको छ त्यसलाई बुझ्नको लागी सहयोगी सिद्ध हुने नेपाल मेडिकल कलेज सामाजिक सेवा विभागका प्रमुख डा. फडिन्द्र काफ्लेले बताए ।हामीले अध्ययन र अनुसन्धान गरेर पत्ता लगाएका रोगीहरुको उपचारमा ५०% छुट दिने व्यवस्था पनि मिलाएका छौ उनले थपे ।यो अभियानलाई अन्य वडाहरुमा पनि  संचालन गर्ने योजना रहेको अभियानकी स्थानीय सहयोगी देवी रेग्मीले बताइन ।

हामी नेपाल मेडिकल कलेज जोरपाटी जस्तै अन्य स्वास्थ्य संस्था संग सहकार्य गरी यस्ता सामुदायिक स्वास्थ्यका कार्यक्रमहरु संचालन गर्ने योजनमा रहेको वडा नं १० का अध्यक्ष नवराज भट्टराईले कपन अनलाइनलाई बताए ।वडामा सुविधा सम्पन्न सामुदायिक स्वास्थ्य केन्द्र बनाउन उचित स्थानको खोजीमा रहेको अध्यक्ष भट्टराईको भनाई थियो ।

अहिले बुनपा ११ मा रहेको स्वास्थ्य चौकी बाट वडा नं १०,११ र १२ का जनताहरुलाई स्वास्थ्य सेवा प्रदान हुदै आएको छ ।

फोटो सौजन्य : देवी रेग्मी

 

तपाइँको प्रतिक्रिया ।