गोकर्णेस्वर नगरपालिका वडा नं १ का योजना तथा कार्यक्रमहरु

गोकर्णेस्वर नगरपालिका वडा नं १ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन

काठमाडौ,श्रावण ३ ।

गोकर्णेस्वर नगरपालिका वडा नं १ को सुन्दरीजल मुलखर्क हुँदै ओख्रेनी सम्म  लाई दुइवटा भदौ १ बाट बस संचालन गर्ने योजना रहेको वडा अध्यक्ष राम मानन्धर ले बताए।

यस वडाको सडक योजना तर्फ सुन्दरीजल ,मुलखर्क हुँदै ओख्रेनी जाने बाटो स्तरुन्नती गर्न डेढ करोड बजेट छुट्टयाइएको र उक्त काम चाडैं थालिने योजनामा वडा हेको छ । वि.पि चोक देखि राम जानकी आधारभुत बिधालय सम्मको बाटो मा ड्रेन सहित को ग्राबेल हाल्ने काम सम्पन्न भैसकेको ले अब कालोपत्रे गर्ने योजनाम वडा रहेको छ ।

मजुवा रेस्टुरेन्टको गुनासो धेरै आएकोले उक्त रेस्टुरेन्ट लाई हटाएर उक्त ठाँउमा बृद्धहरुको लागि बिश्रम स्थमा रुपान्तरण गर्ने योजनामा वडा नं १  रहेको छ ।

गोकर्णेस्वोर नगरपालिका वडा १ पर्यटन को प्रचुर सम्भावना बोकेको वडा हो। यस वडाको पर्यटन विकासको लागी  सुन्दरीमाई मन्दिर सम्म पुग्ने बाटोको सिडि खुड्किलाहरु मर्मत गर्नुको साथै दायाँबायाँ फलामको रेलिङ हाल्ने योजना  वडाको रहेको छ ।

शिबपुरी मुलखर्क र ओख्रेनी मा पर्यटन बिकासका लागि होमस्टे सन्चालन गर्ने पनि योजना वडाले बनाएको छ भने   बारही मन्दिर संरक्षण गरिनुको सथै खड्का गाउँमा भ्युटावर सहित पिकनिक स्पट बनाउने कार्यक्रम पानी तय गरेको छ । त्यसै स्थानमा रहेको  ३६५ रोपनी सार्वजनिक जग्गा संरक्षण गरि खेलकुद को लागि कबर्ड हल ,बाल उद्ध्यन आदि बनाउने योजना पनि वडा नं १ को रहेकोछ ।

यसका साथै लक्षित बर्गका बजेटबाट महिला ,वालवालिका र युवा केन्द्रित कार्यक्रमहरु संचालन गर्ने योजना वडाले बनाएको छ।

तपाइँको प्रतिक्रिया ।