नगरप्रमुख र विद्यार्थीलाई सम्मान

कपन अनलाइन

काठमाडौँ, १ साउन । त्रिलोक चिल्डेन एकेडेमी, बालाजुले तारकेश्वर नगरपालिकाका प्रमुख र कक्षा १० पास गर्ने विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहरा र उक्त विद्यालयबाट एसइई पास गरेका २८ जना छात्रछात्रालाई सम्मान गरेको हो ।

कार्यक्रममा नगरप्रमुख बोहराले त्रिलोक चिल्डेन एकेडेमीका एसइई पास भएका विद्यार्थीलाई बधाई दिँदै आगामी दिनमा विद्यालयलाई नमूना विद्यालयका रुपमा स्थापित गर्न शिक्षकलाई आग्रह गर्नुभयो ।

उहाँले विद्यार्थी, शिक्षक र अभिभावकको त्रिपक्षीय सम्बन्धले मात्र विद्यार्थीको शिक्षा राम्रो हुने उल्लेख गर्नुभयो ।

राष्ट्रिय सहकारी बैंकका प्रबन्धक केबी उप्रेतीले शिक्षा क्षेत्रको विकासले नै देशको विकास हुने भन्दै सैद्धान्तिक शिक्षाभन्दा व्यवहारमुखी शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभयो ।

विद्यालयका प्राचार्य नवराज खनालले विद्यालय शिक्षाभन्दा उच्च शिक्षाका लागि अझ धेरै मेहनत आवश्यक पर्ने भन्दै आफूलाई पढ्न मन लागेको विषय पढे सफलता हासिल गर्न सकिने बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।