ह्यान्ड इन ह्यान्ड फाउन्डेसनको चौथो वार्षिक साधारण सभा

ह्यान्ड इन ह्यान्ड फाउन्डेसनको चौथो वार्षिक साधारण सभा

कपन अनलाइन 

काठमाडौ,असार ३१ ।

ह्यान्ड इन ह्यान्ड फाउन्डेसनले आफ्नो चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । काठमाडौँ बानेश्वर स्थिति एक होटलमा भएको साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।

उक्त साधारण सभाले नवानन्द न्यौपाने अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । समितिका उपध्यक्ष ,सचिव,कोषाध्यक्ष  र सदस्यहरुमा क्रमस शिला भट्टराई ,रामशरण सापकोटा ,धुर्व प्रसाद भट्टराई ,हीरा रिमाल ,लक्ष्मण भट्टराई र उषा निरौला रहेका छन ।

संस्थाकी पुर्व उपाध्यक्ष भगवती निरौला बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को सदस्यमा निर्वाचित भएकोमा बधाई दिनुका साथै उहाको सफल कार्यकालको सुभकामना ब्यक्त गरिएको थियो ।

संस्थाका अध्यक्ष नेउपानेले आगामी दिनमा संस्थाले विविध सामाजिक र जनहितकारी कार्यक्रम निरन्तर संचालन गर्ने बताएका थिए भने उक्त कार्यक्रम का संयोजक धुर्व  प्रसाद  भट्टराईले संस्थाको कार्यक्षेत्र फराकिलो बनाउदै देश भर कार्यक्रम गर्ने जनाए ।

तपाइँको प्रतिक्रिया ।