बुढानिलकण्ठ नगरपालिका वडा नं ३ मा फ्लेक्स,व्यानर,पोस्टर तथा पर्चा-पम्प्लेटहरु टास्न निषेध

 

कपन अनलाइन

काठमाडौँ,असार ३१ ।

बुढानिलकण्ठ नगर पालिका वडा नं ३ ले आफ्नो वडा भित्र कुनै पनि फ्लेक्स,व्यानर,पोस्टर तथा पर्चा-पम्प्लेटहरुलाई टास्न निषेध  छ ।”बूढानीलकण्ठका हरेक नागरीकको अभिभारा,बनाऔं बूढानीलकण्ठलाई स्वच्छ ,सफा-हराभरा” भन्ने नारा तय गरेर वडाले सरसफाई लगायतका विभिन्न कार्यक्रमहरु आयोजना गर्ने वडा नं ३ का अध्यक्ष वालकृष्ण श्रेष्ठले बताए ।

यस अभियान अन्तर्गत वडाले निम्न कार्यक्रमहरु तथा योजनाहरु तय गरेको छ ।

  • बूढानीलकण्ठ मन्दिर क्षेत्र देखि वडा नं३ सिमाना सम्म नियमित सफाई कार्यक्रम ।
  •  बूढानीलकण्ठ नगरपालिका वडा नं.३ भित्र रहेका विद्युतीय खम्वा ,टेलिफोन का खम्वाहरुमा टाँगिएका फ्लेक्स,व्यानर,पोस्टर तथा पर्चा-पम्प्लेटहरुलाई हटाउने र अब उप्रान्त कुनै पनि व्यवसायिक तथा अन्य बिज्ञापनका फ्लेक्स तथा व्यानरहरु सडकका किनारामा रहेका विद्युतीय तथा अन्य खम्वाहरुमा टाँग्न निषेध गरिने ।
  • सडकका किनारामा रहेका खम्वाहरुमा टाँगिएर यत्रतत्र लत्रिएर असरल्ल रहेका टेलिफोन तार,केवल र नेटका तारहरुले शहरी सौन्दर्यता दिन प्रतिदिन कुरुप बन्दै गएको छ यसलाई प्राथमिकताका साथ अन्डरग्राउण्ड गर्ने कार्यक्रम ।
  •  बूढानीलकण्ठ नगरपलिका वडा नं.३को दक्षिण सिमाना घुम्तिदेखी मुहानपोखरी सम्म सौर्य-वत्ती र सी.सी.क्यामेरा जडान गर्ने ।
  • घुम्ती देखि बूढानीलकण्ठ मन्दिर क्षेत्र सम्म सडक किनारामा वृक्षारोपण र त्यसको संरक्षणका लागि Tree guard को व्यवस्थापन ।
  • सबै फ्लेक्स र व्यानरहरुलाई निषेध गर्दै बूढानीलकण्ठ बसपार्कमा डिजिटल बोर्ड व्यवस्थापन गर्ने र सबै व्यवसायिक बिज्ञापन तथा अन्य बिज्ञापनहरु डिजिटल बोर्ड तथा Tree guard बाट प्रसारण गर्ने व्यवस्था मिलाउने ।

प्रथम  चरणमा यी कार्यक्रमहरु सम्पन्न गरेपछि दोश्रो चरणमा अन्य कार्यक्रमहरु अगाडी सार्ने अध्यक्ष श्रेष्ठले कपन अनलाइन लाई बताए ।

तपाइँको प्रतिक्रिया ।