प्राक्सिस इन्टरनेसनल एकेडेमी द्वारा काठमाडौ महानगरपालिका वडा नं ७ का जनप्रतिनिधिहरु सम्मानित

प्राक्सिस इन्टरनेसनल एकेडेमी द्वारा  काठमाडौ महानगरपालिका वडा नं ७ का जनप्रतिनिधिहरु सम्मानित

कपन अनलाइन

काठमाडौँ,असार २८।

प्राक्सिस इन्टरनेसनल एकेडेमी कामपा -७ ले काठमाडौँ  महानगरपालिका वडा  नं ७ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । चावहिल स्थित ए वन पार्टी प्यालेसमा आयोजित कार्यक्रम जनप्रतिनिधिका साथमा एस इ इ परिक्षामा सफल विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि  क्षेत्र नं ४ का सांसद डा. राजन भट्टराईले सम्मान गरेका थिए।

सो अवसरमा कामपा वडा नं ७ का अध्यक्ष सुद्ध डंगोल ,सदस्यहरु कृष्णमणी भट्टराई , कृष्णप्रसाद घिमिरे ,निर्मला पुडासैनी र चन्द्रकला सुन्दासलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले आफ्नो कला संस्कृति र पहिचानको संरक्षणमा लाग्न वालवालिकाहरुलाई प्रेरित गर्न निजि विद्यालयहरुको महत्वपूर्ण भूमिका हुने र यसमा सबै पक्षले ध्यान दिनुपर्ने बताएका थिए ।शैक्षिक उन्नयन मात्र हैन राजनीतिक रुपमा प्राप्त उपलव्धीलाई संस्थागत गर्न सबै पक्षले भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा जनप्रतिनिधिको तर्फबाट बोल्दै वडा अध्यक्ष सुद्ध डंगोलले वडालाई शैक्षिक विकासको नमुना वडा बनाउन विशेष कार्यक्रम सहित अगाडी बढ्ने र यसमा सबै निजि तथा सार्वजनिक विद्यालयको सहयोग लिने बताएका थिए ।

प्राक्सिस इन्टर नेसनल एकेडेमीका प्रधानाध्यापक गेन्द्र लामाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेसनल प्याव्सन काठमाडौँ अध्यक्ष विष्णु पराजुली , प्याव्सकका अध्यक्ष वालकुमार गुरुङ ,विद्यालय निरीक्षक फणिन्द्र घिमिरे ,परिक्षा नियन्त्रण कार्यालयका अधिकृत अर्जुन खनाल सहित विभिन्न विद्यालयका प्रधानअध्यापकहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा विद्यालयका अविभावकहरुले विद्यार्थी हरुको प्रस्तुति हेरेर मनोरंजन लिएका थिए ।

 

तपाइँको प्रतिक्रिया ।