सार्वजनिक जग्गा संरक्षणमा जुटे काठमाडौ महानगरपालिका ७ कुमारीगालका स्थानीयवासीहरु

सार्वजनिक जग्गा संरक्षणमा जुटे काठमाडौ महानगरपालिका ७ कुमारीगालका स्थानीयवासीहरु

कपन अनलाइन 

काठमाडौँ,असार २७  ।

काठमाडौँ महानगरपालिका वडा नं ७ कुमारीगालका वासिन्दाहरु सार्वजनिक जग्गा तथा सम्पतिको सुरक्षा एबम संरक्षणमा सक्रिय भएका छन  । वडामा रहेका धेरै सार्वजनिक जग्गा अतिक्रमणमा परेपछि त्यहाका जनताहरु कुमारीगाल टोलसुधार समाज मार्फत संगठित बनेका हुन ।

कुमारीगाल टोलसुधार समाजले कुमारीगाल क्षेत्रको धर्म, संस्कृतिको जगेर्ना, सार्वजनिक सम्पत्तिको संरक्षण तथा विकास, ,सरसफाइ चेतना मूलक कार्यक्रम विकास निमार्ण लगायतका विभिन्न रचनात्मक कार्यक्रमहरु मर्फत टोलको विकासमा सेवा पु¥याउदै आईरहेको छ ।

वडाका  ऐतिहासिक धरोहरका रुपमा रहेका मठमन्दीर,सार्जजनिक जग्गा लगायत सम्पत्तिहरु दोहन गर्नुका साथै भूमाफिया दलालहरुबाट हड्पप्ने क्रम बढ्दै गएकोले काठमाण्डौ महानगरपालिका ७ नं.वडा अन्तर्गत मैजुवहाल,कुमारीगाल,गौरिनगर क्षेत्रभित्र रहेका मठ,मन्दीर,गुम्बाहरुको संरक्षण गरि उक्त मठमन्दीरका जग्गा लगायत अन्य सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै धर्म संस्कृतिको सम्वर्धन  एंव विकास गर्ने उदेश्यका लिएर  कुमारीगाल टोल सुधार समाजको स्थापना भएको थियो ।

सार्वजनिक जग्गाहरु अतिक्रमण र दर्ता गर्ने क्रम बढ्दै गएकोले यस क्षेत्रमा कृयाशिल सबै सामाजिक संघ संस्था तथा स्थानीय टोलबासिहरुको भेलाबाट सार्वजनिक  जग्गामा तारवारले घेरी संरक्षण गरि सार्वजनिक पार्क निमार्ण गर्नका लागि सम्बन्धीत निकायमा पहल गर्ने  निर्णय भए बमोजिम पूर्व स्वास्थ्य मन्त्री एंव माननीय सभासद गगन थापा र माननीय सभासद डा.राजन भटृराईबाट जग्गामा वारवन्देज तथा पार्क निमार्णको लागि निर्वाचन क्षेत्र पूर्वधार विशेष कार्यक्रम अन्तर्गत  दशलाख विनियोजित भएको र नेपाल सरकार शान्ती  मन्त्रालयबाट रु. ५ लाख समेत गरी जि.वि.स.काठमाण्डौबाट कूललागत ईस्टमेट रु.१८,६४,४४२।७५ स्वीकृत भएको छ ।

सो लागत ईस्टमेट मध्ये रु.३,६४,४४२।७५ जनश्रमदानबाट व्यहोर्ने गरी योजना स्वीकृत भई निमार्ण कार्य सम्पन्न भईसकेको छ ।  सहरी विकास मन्त्रालयबाट पनी  शंकरज्योति पार्क निमार्ण पूर्वधारको लागि ५ लाख वजेट स्वीकृत भई निमार्ण कार्य भईरहेको स्थानीय वासीले कपन अनलाइन लाई बताए।

साविक भगवानथान पंचायत वडा नं.१ म रहेका जग्गाहरु २०२२ सालको नापीमा सार्वजनिक पर्तिमा नाप नक्सा भएको कुमारीगाल र मैजुवहालको विचमा रहेका अन्दाजी ५ रोपनि सार्वजनिक जग्गाहरु २०४४ सालको नापीमा सिट नं.१०६७–९ र १० कि.नं.८४ र ८५ का जग्गाहरु मध्ये केही जग्गा  व्यक्तिहरुले हड्पी कव्जा गरेका छन  भने भुमाफिया, दलाल, नापि तथा मालपोत कार्यालय चावहिल र गुठी संस्थानका कर्मचारीहरुको मिलोमतोमा सरकारी सार्वजनिक जग्गालाई २०४४ सालको नापी पछि जग्गाधनी वछ्लेश्वरी सिन्दुर चन्दन गुठीको नाममा दर्ता गराई मोही समेत कायम गरिएको समितिका अध्यक्ष धुर्व न्यौपानेले बताए ।

सार्वजनिक सम्पति तथा जग्गाहरुको संरक्षण र सम्बर्धन गर्ने दायित्व नेपाल सरकार स्थानीय निकाय,स्थानीय सामाजिक संघ संस्था तथा स्थानीय जनताहरु समेतको जिम्मेवारी भएकोले कुमारीगाल टोलसुधार समाज,सार्वजनिक सम्पत्ति संरक्षण तथा विकास समाज, मैजुवहालफांट टोल सुधार समिति, सामुदायिक सेवा समाज गौरिनगर टोलसुधार समिति र मैजुवहाल टोल सुधार समाजको विशेष पहलमा सार्वजनिक सम्पत्तिहरु संरक्षण हुदै आएका छन ।

यस्ता सार्वजनिक जग्गा तथा सम्पति को संरक्षण मा जनप्रतिनिधि ,नेपाल सरकार र सरोकारवाला निकायको विशेष पहल र ध्यान जानुपर्ने देखिन्छ  । अहिले धेरै सार्वजनिक सम्पति संरक्षणको अभावमा प्रयोगविहीन बन्दै गएको जनगुनासो व्यापक बढेको छ।

तपाइँको प्रतिक्रिया ।