युवासंघ कपनको सम्मेलन सम्पन्न, मिठाराम अधिकारीकाका छोरा अध्यक्षमा

कपन अनलाइन फाल्गुन ६ -नेकपा एमालेको भातृसंगठन यूवा संघ कपन गाउँकमिटिले आफ्नो  छैठौं सम्मेलन सम्पन्न गरेको छ । कपन आकाशे धारास्थित  ह्यान्डबल खेल मैदानमा  फुटबल खेलबाट  सुरुगरेको खुल्लासत्रमा प्रमुख आथितिका रुपमा नेकपा एमाले काठमाडौँ जिल्ला कमिटिका सदस्य संगम गहतराजले रेफ्रीलाई बल दिएर  उद्घाटन गरेका थिए ।  उक्त मैत्रिपुर्ण खेलमा यूवासंघ नेपाल कपनका तर्फबाट टिम क्याप्टेन तथा अध्यक्ष रामशरण सापकोटा एवं नेकपा एमाले कपन का अध्यक्ष धुर्वराज न्यौपानेले आ-आफ्नु टिम सम्हालेका थिए  । उक्त खेलमा यूवा संघ  नेपाल कपन ले  ४ का विरूद २ गोलको अन्तरले गाउँ कमिटिलाई हराएको थियो ।

yuba-sangh_20111226021747-491x310एमाले पार्टी कार्यालयमा करिब ११ बजे  बन्दसत्र सुरुभएको  थियो ।   बन्द सत्रमा चारजनाले अध्यक्षको  उमेदवारीमा दावेदारी प्रस्तुत गरेका कारण केहीबेर लम्बिएको थियो  ।उमेदवारी दर्तागर्ने हरुमा क्रमस श्याम के.सी. , बविन आधिकारी , दीपक ढकाल र कर्ण तामांग  थिए । बन्द सत्रले करीब १ बजे   सर्वसम्मत रुपमा नयांकार्य समितिको नाम घोषणा गरेको थियो नया  कार्य समितिमा अध्यक्ष मा  बबिन अधिकारी उपाध्यक्षमा कर्ण तामांग सचिवमा दिपक ढकाल सहसचिवमा  गौरव थापा, कोषध्याक्षमा प्रकाश कटुवाल सहित १३ जनाको कमिटि निर्माण गरेको छ भने नयाँकार्यसमितिलाई निवर्तमान अध्यक्ष सापकोटा र सचिव बिष्णु प्रसाद भट्टराईले  माइनुट हस्तान्तरण गरि सफल कर्येकालका लागि बधाई तथा शुभकामना व्यक्तगर्नु भएको थियो ! पटक पटकपटक आन्तरिक तयारीमा  कमि भएको  कारण दर्शाउदै करिब ३ पटक  सरेको सम्मेलन हिजो संम्पन्न भएको हो ।  स्मरण रहोस्  अध्यक्ष बविन अधिकारी  कपन गाविसका पूर्व अध्यक्ष मिठाराम आधिकारिका सुपुत्र हुन् ।

तपाइँको प्रतिक्रिया ।