मास्क फेसन यौन अपराधका रुपमा

मास्क फेसन । माओवादी द्वन्द्वकालमा प्रहरी प्रशासनसँग लुक्न–छिप्न प्रयोग हुने कारण मास्क लगाउने फेसन नेपाली समाजमा शुरु भयो । अब मास्क फेसनको शैली बद्लिएको छ । युवतीहरु मास्कतर्फ आकर्षित छन् । नायिका नम्रता श्रेष्ठको सेक्स भिडियो सार्वजनिक भएयता युवतीमा मास्क फेसनको लहर ल्याएको हो ।

लेखक:-विश्वमणि सुवेदी
लेखक:-विश्वमणि सुवेदी

अहिले हावा, हुरीको याम शुरु भएको छ । मुख छोप्ने मास्कमात्रै होइन, फागुन–चैतको यो याममा आँखा छोप्ने सनग्लासको पनि उत्तिकै जरुरत पर्दछ । तर, आजकलका अधिकांश युवतीमा प्राकृतिक कारणले भन्दा अन्य कारणले मास्क लगाउने चलन बढेको । जब सामान्य अवस्थामा पनि युवतीहरु मास्क लगाएर बाइक, स्कुटीमा सवार हुन्छन्, रेस्टुराँ, बार र पवहरुमा देखा पर्दछन्, तब बुझिहाल्नुपर्छ कि यिनीहरु नम्रताबाट प्रेरित छन् । हावा, हुरी र घामले पोल्ने क्रम नम्रताले सेक्स भिडियो खिचाउनुअघि पनि थियो । तर, नेपाली युवतीले मास्क लगाउने क्रमचाहिँ त्यसपछि बढेको छ । उनीहरुले के बुझेका छैनन् भने मास्कले छिनभरलाई आफ्नो अनुहार दुनियाँका अगाडि त छोपिएला, तर उनीहरु भित्री हर्कत सधैं छोपिँदैन ।

डेटिङ स्पटतिर गयो भने हेरौं हेरै लाग्ने युवती प्रायः मास्कमा हुँदा कतिपय ठिटाहरु खल्लो महसूस गर्दछन् । युवतीका कुरामात्रै हैन, ब्वाईफ्रेन्ड लिएर घुम्न जाने उमेरदार महिला पनि मास्क प्रयोग गर्नमा सिपालु भइसकेका छन् । मौसमको हावा, हुरी र घाम छेक्न हैन, आफ्नो मनको हावा, हुरीसँग उनीहरु डराएका छन् । त्यो डरले उनीहरु कहिलेसम्म मुक्त होलान् ? यसै भन्न सकिने कुरा होइन ।

मुख्यतः नेपाली समाजमा बढ्दो यौन अपराधको पछिल्लो प्रबृत्तिका रुपमा यसलाई हेर्न सकिन्छ । आफ्नो यौनको प्रयोग वा दुरुपयोग आफूमा निर्भर हुने कुरा हो । यौनमाथि केवल सम्बन्धित व्यक्तिको मात्र सार्वभौमिकता निहित हुन्छ । बाबुराम सरकार भारतबाट निर्देशित भएजस्तो त्यो कतै र कोहीबाट निर्देशित हुन पनि सक्दैन । यौन वास्तवमा मानिसको अधिकार पनि हो । तर, अधिकारका नाममा मास्क फेसनतिर लाग्नु अपराध हुन्छ । सक्नेले हाकाहाकी सम्बन्ध राख्नुपर्छ, नत्र लुकीछिमी लाएको माया एकदिन गलपासो बन्नसक्छ ।

तपाइँको प्रतिक्रिया ।