तरकारी खेतीबाट आत्मनिर्भर हँुदै किसान
कपन अनलाइन
कञ्चनपुर, ३ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिका– ७ शान्तिपुरका भागिराम चौधरीलाई कडा मेहनत गरेर खेतमा उब्जाएको अन्नवालीबाट वर्षभरी खानलाई पुग्दैन्थ्यो ।
खानलाई नपुग्ने भएपछि उहाँले सोहि खेतमा व्यावसायिक तरकारीखेती सुरु गरें । तरकारी खेती गर्न थालेपछि अहिले उनको जीवनशैलीमा परिवर्तन भएको छ । खेतमा उत्पादन गरेको तरकारी बेचेर उनले खानलाई अन्न खरिद गर्न, बालबालिकाको विद्यालय खर्च जुटाउन, लुगाफाटोको व्यवस्था गर्न र घरखर्च चलाउन थालेको छ ।
तरकारी बिक्री गरेर घरखर्च मात्रै चलेको छैन, उहाँले भन्नुभयो, “तरकारी बजारमा बिक्री गरेर गाउँमै पक्की घर निर्माणसँगै तरकारी ढुवानीका लागि मोटरसाइकल समेत जोडिएको छ ।” त्यति मात्र होइन्, यसैको कमाइले अत्तरिया बजारमा रु पन्ध्र लाख मूल्यपर्ने घडेरीसमेत खरिद गरेको उहाँ बताउनुहुन्छ ।
एक दशकअघिदेखि तरकारी खेतीमा संलग्न रहँदै आउनुभएका चौधरी गोलभेडा, काउली, बन्दागोभी, लौका, खुर्सानी, करेला, फर्सी काँक्रा, बोडी, चिचिन्डा, रामतोरियालगायतका तरकारी एक बिगाहामा रोपेर वार्षिक रु तीन लाखदेखि रु पाँच लाखसम्म आम्दानी गर्ने गरेको बताउनुभयो ।
चौधरी मात्र होइन, शान्तिपुरका ९० परिवारमध्ये ६५ परिवारले बाह्रैमहिना तरकारीखेती गर्दै आएका छन् । दैनिक तरकारीखेतीमा संलग्न परिवारका महिलाले टोकरी टाउकोमा बोकेर र पुरुषले साइकल र मोटरसाइकलमा गरी ७० क्वीन्टल भन्दा बढी तरकारी बिक्री गर्दै आएका छन् ।
दश कठ्ठा जग्गामा तरकारीखेती गर्दै आएका स्थानीय रतनलाल डगौराको आर्थिक अवस्थमा समेत सुधार आएको छ । तरकारी बिक्री गरेर प्राप्त आम्दानीबाट उनले खेतमा सिँचाइ गर्नका लागि पम्पसेटसँगै खेत जोताइका लागि पावर टिलर समेत जोडेका छन् । तरकारी खेतीले आम्दानी बढेपछि विगतमा जस्तो मजदुरीका लागि बजारतर्फ जानुपर्ने बाध्यताको अन्त्य भएको उहाँले बताउनुभयो ।
तीन महिनाको अवधिमै रु ४० हजार बढीको तिते करेला बिक्री गरेको बुद्धिराम चौधरीले आर्थिक उपार्जनका लागि तरकारी खेती उपयुक्त माध्यम भएको बताउनुभयो । यहाँका अधिकांश किसान जिल्ला कृषि विकास कार्यालयबाट तालिम लिएर आधुनिक तरिकाबाट तरकारीखेती गर्दै आएका छन् । “परम्परागत तरिका भन्दा आधुनिक तरिकाले तरकारीखेती गर्दा बढी आम्दानी हुन थालेपछि यसै विधिलाई अपनाउँदै आएका छौं” स्थानीय किसान पतिराम चौधरीले भन्नुभयो ।
यहाँ उत्पादित तरकारीले कैलालीको अत्तरिया, धनगढी र बाँकेको कोहलपुरसम्मका ग्राहकको मागलाई धानेको छ । तरकारी खेतीमा संलग्न किसानलाई गाँउ नजिकै रहेको नदीमा पक्की पुल नहँुदा सास्ती हुने गरेको गुणासो उनीहरुले व्यक्त गरेका छन् ।
नदीमाथि बनाइएको झोलुङ्गे पुलमा टाउको, साइकल र मोटरसाइकलमा मात्रै तरकारी लग्न सकिने भएकाले उत्पादित पूरै तरकारी बजारसम्म पु¥याउन नसकिँदा किसानले नोक्सानीसमेत व्यहोर्दै आएका छन् ।
गएको हिउँदमा यहाँका किसानले उत्पादन गरेको १०० क्वीन्टल काउली, ४० क्वीन्टल गोलभेडा बजारसम्म पु¥याउन नसक्दा खेतमै कुहिएको थियो । नदीमा पक्की पुलको व्यवस्था भए खेतमा उत्पादन भएको तरकारी बजारसम्म पु¥याएर दोब्बर बढी आम्दानी गर्न सकिन्छ, मनिराम चौधरीले भन्नुभयो, “यहाँका स्थानीयले पुलको माग धेरै अघिदेखि गर्दै आए पनि पूरा हुनसकेको छैन ।” रासस