कपनमा पहिलो पटक लघु वित्त कार्यक्रम सञ्चालन हुँदै

कपन अP1030609नलाइनकपन वडा नं. १ मा रहेको नारीचेतना सशक्तिकरण महिला समूहले यस क्षेत्रमा पहिलो पटक लघु वित्त कार्यक्रम सञ्चालन गर्न लागेको छ । विपन्नलाई आत्मनिर्भर बनाउने कार्यक्रमको रुपमा परिचित लघु वित्त नेपालमा सफल कार्यक्रममध्ये मानिने गरिएको छ । बंगलादेशका प्रख्यात नोबेल पुरस्कार बिजेता महोम्मद युनुसले उचाइमा पुर्याएको यो कार्यक्रम लागु भएको विश्वभरी विगत १३ वर्षदेखि सञ्चालित छ । 

संस्थाको नियमित साधारण सभामा नारीचेता सशक्तिकरण महिला समूहले आगामी बैशाखदेखि यो कार्यक्रम कपन गाविसभरी संचालनका लागि ५ सदस्यीय समिति तयार पारेको छ । यसरी सञ्चालन हुने कार्यक्रम कपनका सबै वडामा लागु हुनेछन् । साधारणसभामा लघु वित्त कार्यक्रममा प्रस्ताब राख्दै संस्थाकी महासचिव प्रमिला उप्रेतीले यसबाट कपन भेकका निम्न आय भएको महिलाहरु पूर्णरुपमा लाभान्वित हुने जानकारी गराइन् ।

तपाइँको प्रतिक्रिया ।