टेलिकम का सेवा ग्राहीलाई आफ्नो नवौँ वार्षिकोत्सवको अवसरमा भारि छुट दिएको छ

काठमाडौं, माघ २२ – नेपाल टेलिकमले फागुन १ गतेदेखि बैशाख मसान्त सम्म टेलिफोन र मोबाइल शुल्कमा छुट दिने घोषणा गरेको छ । टेलिकमले ल्याण्डलाईन टेलिफोनको न्यूनतम मासिक महसुल २ सय रुपैयाँमा २ सय २५ कल निशुल्क उपलब्ध गराउने भएको छ ।
free_ntc_gprs[1]टेलिकमले पत्रकार सम्मेलन गरेर आफ्नो नवौँ वार्षिकोत्सवको अवसरमा छुट दिने घोषणा गरेको हो । टेलिकमका प्रवन्धनिर्देशक अमरनाथ सिंहले सबै मोबाइलमा राती १० देखि बिहान ६ बजेसम्म प्रतिकलमा ३० पैसा मात्रै लाग्ने जानकारी दिनुभयो ।

सिंहले सीडीएमएमा एसएमएसको शुल्क फागुन ३० गतेसम्म आधा छुट गर्ने र वाइम्याक्स इण्टरनेटमा फागुन ३० सम्म १० जीवी बोनस दिने घोषणा गर्नुभयो ।

टेलिकमले करबाहेक १२ रुपैया रहेको अष्ट्रेलियाको महसुल आजदेखि फागुन ३० गतेसम्म ७ रुपैयाँ ७५ पैसा र बेलायतमा ४ रुपैयाँ प्रति मिनेट निर्धारण गरेको छ ।

 

तपाइँको प्रतिक्रिया ।