राजेश हमाल को कमाल राजनीति मा हुने

माघ, काठमाडौँ । नेपाली फिल्मका महानायक राजेश हमालले राजनीति शुरू गरेका छन् ।

rajesh_Hamalपछिल्लो समयामा देशको समसामयिक राजनीतमा उतार चढाब आइरहेको समयमा नै उनले राजनीति सुरु गरेका हुन् । चलचित्रक्षेत्रका कलाकारहरु पनि आन्दोलमा उत्रिरहेको अवस्थामा राजेश हमालले राजनीति सुरु गरे भनेको सुन्दा साँच्चै नै उनी नेपाली राजनीति मै आएका हुन भन्ने लाग्न सक्ला तर यसो भने होइन ।
संयोग परेको मात्र हो उनले शुरू गरेको राजनिती मुलुकको राजनीति नभै उनले चलचित्रको ‘राजनीति’ हो ।
यस फिल्ममा नेपालको वर्तमान राजनैतिक अवस्थालाई देखाउन खोजिएको छ । बिएन फिल्सका लागी दीपक सुवेदी तथा दीपक कुमार भट्टराईद्वार निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘‘राजनीति’मा राजेश हमाल एक राजनेताको भुमिकामा देखिन लागेका छन् ।

यो फिल्म राजनितीमा राजेश हमालसंग चर्चित गायिका कोमल ओली पनि देखिनेछिन् । यस फिल्ममा गायिका ओलीले हमाल श्रीमतीको भुमिका निर्वाह गर्दैछन् । यस फिल्मको सुटिङ मंगलबारबाट सुटिङ शुरू गर्न लागिएको स्रोतले जनाएको छ ।

यस फिल्ममा राजेश हमाल, कोमल, दिपक सुवेदी, दिपक भट्टराइ, पवित्रा आचार्य आदी कलाकारले प्रमुख भूमिकामा अभिनय गर्ने बताइएको छ ।

यस फिल्मलाइ शिव ढकालले छायांकन गर्दैछन् ।

तपाइँको प्रतिक्रिया ।