ट््याक्टरको ठक्करबाट बालकको मृत्यु

कपन अनलाइन 

चितवन, ३० जेठ । माडी नगरपालिका–५ राधापुरमा आज दिउँसो ट््याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार ना ५ त २४५६ नम्बरको ट््याक्टरले ठक्कर दिँदा स्थानीय छ वर्षीय सुजन विकको मृत्यु भएको हो ।

ट््याक्टरको ठक्करबाट गम्भीर घाइते विकको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।