विद्यालयलाई प्रवासी नेपालीको सहयोग

कपन अनलाइन 

फलेवास (पर्वत), २६ जेठ । कुस्मा नगरपालिका–१४ आर्थर डाडाँखर्कस्थित शुभकल्याण आधारभूत विद्यालयलाई कतारका प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् ।

विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्न आर्थर डाडाँखर्क समाज कतारले रु ५० हजार आर्थिक सहयोग गरेको हो।समाजका सचिव लेखनाथ रिमाल र सल्लाहकार हिमलाल शर्मा र काजी गुरुङले विद्यालयलाई बिहीबार सहयोग हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा वडाध्यक्ष भीमप्रसाद गुरुङले विदेशमा रहेर पनि समाजको विकास र शैक्षिक क्षेत्रमा कतार समाजले गर्दै आएको सहयोग उदाहरणीय भएको बताउनुभयो । सो अवसरमा विद्यालयले वडामा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको थियो । रासस

तपाइँको प्रतिक्रिया ।