मुस्लिम आयोग गठनसम्बन्धी विधेयक पारित

कपन अनलाइन 

काठमाडौँ, २३ जेठ । व्यवस्थापिका–संसद्अन्तर्गतको सामाजिक न्याय तथा मानव अधिकार समितिले मुस्लिम आयोग गठनसम्बन्धी विधेयक विस्तृत रुपमा छलफल गरी पारित गरेको छ ।

समितिको आज बसेको बैठकमा सो विधेयकमाथि समितिका सबै सदस्यले धारणा राखिसकेपछि समितिका सभापति सुशीलकुमार श्रेष्ठले सो विधेयक पारित समितिबाट सर्वसमितिले पारित भएको बताउनुभयो ।

नेपालको संविधानमा मुस्लिम आयोग गठनसम्बन्धी व्यवस्था छ । सोहीअनुसार व्यवस्था गर्नका लागि सो आयोग गठन गर्न ऐन निर्माणका लागि समितिमा विधेयकमाथि छलफल गरिएको हो ।

समितिले मुस्लिम आयोग गठन सम्बन्धमा व्यवस्था गर्न विधेयकमाथि छलफल गरी समितिलाई प्रतिवेदन पेस गर्न मोख्तार अहमदको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । उपसमितिमा सदस्यहरु कौशर शाह, तेजकुमारी पौडेल, वसुन्धरा रोकाया, श्यामसुन्दर टिवडेवाल र सविया प्रवीण हुनुहुन्थ्यो । मुस्लिम समुदायको उत्थान र समग्र विकासका लागि आयोग गठन गर्ने संवैधानिक व्यवस्था छ । रासस

तपाइँको प्रतिक्रिया ।