कपन गाविसको गाउँ परिषद सम्पन्न

कपन अनलाईन सम्वाददाता
पौष २८, कपन ३,
कपन गा.वि.स.ले गणतन्त्र स्थापना पछिको आफ्नो छैटौ गाउँ परिषद आज सम्पन्न गरेको छ । उक्त कार्यक्रम कपन ३ स्थीत हिमिल पार्टी प्यालेसमा आयोजना गरिएको थीयो । गाउँ परिषदमा काठमाडौं का प्रमुख जिल्ला अधिकारी चुणामण्ी शर्मा प्रमुख अतिथीका रुपमा उपस्थीत भएका थिए । सो कार्यमक्रममा कपन क्षेत्रका राजनीतीक दलका अगुवा, स्थानीय संघ संस्थाका प्रतिनिधि, बुद्धिजिवी, समाजसेवी लगायतका व्यक्तित्वहरुको सहभागीता रहेको थीयो । आजै सम्पन्न परिषद्द्धारा आ.व. ०७०÷०७१ का लागी १ करोड ७५ लाख ५० हजारको बजेट विनियोजन गरेको छ । उक्त रकम बाटो, खानेपानी, खेलकुद, शिक्षा, महिला, दलित लगायतका विभिन्न शिर्षकमा विनियाजन गरिएको विवरण प्रस्तुत गरिएको थीयो । स्थानीय स्तरमा निति तथा तर्जुमा एवं बजेट विनियोजन लगायतका यावत मुद्दा गाउँ परिषदद्धारा पारित गरिने हुँदा यसलाई विशेष महत्वका साथ लिने गरिन्छ ।

काठमाडौँ का प्रमुख जिल्ला अधिकारी चुणामणि शर्मा कार्यक्रममा आफ्नो मन्तब्य राख्दै ! फोटो: कपन अनलाइन

सो अवसरमा कपन बाल संरक्षण समितिले प्रकाशन गरेको बाल आवाज नामक अर्धवार्षिक पत्रिकाको समेत विमोचन गरिएको थीयो । गाउँ परिषद्को पुर्ण बजेटको विवरण (बजेट विनियोजनको शिर्षक, लागु गरिएको योजना, विनीयोजीत बजेट) विश्लेषण सहितको समाचार अर्को समाचारमा कपन अनलाईने प्रस्तुत गर्ने सम्पुर्ण पाठकवर्गमा जानकारी गराउन चाहन्छौ ।

तपाइँको प्रतिक्रिया ।