गुप्ताले जेलभित्रबाटै मतदान गर्ने

अपहरण अभियोगमा थुनामा रहेका नेपाल सद्भावना पार्टी आनन्दी देवीका अध्यक्ष तथा सभासद श्याम सुन्दर गुप्तालाई सर्वोच्चका न्यायधिस ताहिर अली र गिरिसचन्द्र लालको संयुक्त ईजलासले संविधान निर्माणको कार्यमा प्रत्यक्ष सहभागी हुन नपाउने फैसला गरेको छ ।

 

व्यापारी पवन संघाई अपहरणमा थुनामा रहेको पूर्वमन्त्री समेत रहेका गुप्ताले संविधान निर्माणका क्रममा मतदान हुने भयो भने जेल भित्रैबाट मतदानको व्यवस्था मिलाईदिन सर्वोच्चले आदेश दिएको छ । यसअघि गुप्ताले संविधान निर्माण प्रक्रियामा भाग लिन पाऊँ भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

 

संविधानसभा नियमावली स्पष्ट नहुँदा अपहरण अभियोगमा थुनामा रहेका गुप्तालाई निलम्वन समेत गर्न नसकिएको संविधानसभा सचिवालयले जनाएको छ । सर्वोच्चले उनको मागलाई अस्विकार गरिदिएपनि जेल भित्रैबाट भने गुप्ताले मतदानमा भाग लिन पाउने छन् ।

तपाइँको प्रतिक्रिया ।