कपन बचत तथा ऋण सहकारी संस्थाको पाँचौं वार्षिक साधारण सभा

कपन पुस २८ / कपन ३ मिलनचोकस्थित कपन बचत तथा ऋण सहकारी संस्थाको पाँचौं  वार्षिक  साधारण सभा शनिबार सम्पन्न भएको छ । ३९५ पुरुष र १५८ महिला  शेयर सदस्य रहेको सहकारीले जनाएको छ  । संस्थाको हालसम्म ४९  लाख  ७१ हजार ४००  शेयर पुजी , निक्षेप तर्फ  १ करोड ६८ लाख ७६ हजार ८३९ र ऋण लगानी १ करोड ६८ लाख ९९ हजार ७४ रुपयाँ रहको संस्थाले जनाएको छ । साधारण सभामा प्रस्तुत गरीएका अध्यक्ष कमल प्राद कडेलको बार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०६९÷०७० को अनुमानित आयव्यय, प्रस्तावित कार्यक्रम,लेखा समितिको प्रतिवेदन, कोषाध्यक्ष नारदमणि घिमिरेले लेखा परीक्षण प्रतिवेदन तथा ऋण उप–समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो । सबै प्रतिवेदन सभाले पारित गरेको थियो ।

कपन बचत तथा ऋण सहकारी संस्थाको पाँचौं वार्षिक साधारण सभा फोटो : कपन अनलाइन

कार्यक्रममा  उत्कृष्ट बचत कर्ता तथा ऋणी लाइ संस्थाले पुरस्कार तथा सम्मान गरेको थियो  । संस्थाले आगामी वर्षको कार्यक्रममा त्रिबर्षीय रणनिती कार्य योजना बनाउने, शेयर सदस्य तथा उनका परिबारको स्वास्थ्य परिक्षण गर्ने, सहकारी अवलोकन भम्रण गराउने, सहकारी शिक्ष्ाँ तालिम सञ्चालनमा ल्याउने, सदस्यहरुको व्यावसायिक विवरण तयार गर्नेजस्ता कार्यक्रम प्रस्ताव गरेको छ ।

संस्थाका अध्यक्ष कमल प्रसाद कडेलको अध्यक्षतामा कार्येक्रम सम्पन्न  भएको थियो!  अध्यक्ष कडेल ले सहकारीहरु उत्पादनशिल क्षेत्रमा लाग्नुपर्नेमा जोड दिए । ‘केही ब्यक्ति बिशेषले सहकारीका नाममा कालो धनलाई बैधानिक दिने प्रयास गरिरहेका छन’, कडेलले  भने, ‘तर त्यस्ता संस्था दिगोरुपमा चल्न सक्दैनन ।

 

 

तपाइँको प्रतिक्रिया ।