याहु प्रमुख थम्पसनको राजिनामा, लेभिन्सन नयाँ कार्यकारीमा नियुक्त

आफ्नो बायोडाटाले पढ्दै नपढेको कम्प्युटर विज्ञानको डिग्री उल्लेख गरेको विषयमा तिब्र आलोचना भएसँगै इन्टरनेट कम्पनी याहुका प्रमुख कार्यकारी स्कट थम्पसनले राजिनामा दिएका छन् ।

क्यालिफोर्नियामा मुख्य कार्यालय रहेको याहु कम्पनीले पनि आफ्ना प्रमुखले राजिनामा दिएको पुष्टि गरेको छ । थम्पसनले राजिनामा दिएसँगै रस लेभिन्सन याहुका प्रमुख कार्यकारीमा नियुक्त भएका छन् ।

थम्पसनले राजिनामा दिएसँगै नक्कली सर्टिफिकेट काण्डलाई चर्काएका याहुका शेयरहोल्डर ड्यानियल लोइब पनि शान्त बनेका छन् । उनलाई याहुको निर्देशकमा नियुक्त गरिएको छ । त्यस्तै प|mेड एमोरोसो याहुको बोर्ड अध्यक्ष बनेका छन् भने थप निर्देशक नियुक्त गर्ने प्रक्रिया अघि बढेको छ ।

गएको जनवरीमा याहुको प्रमुख कार्यकारीमा नियुक्त भएका स्कटले आफ्नो बायोडाटामा उल्लेख भए अनुसारको कम्प्युटर विज्ञान विषयको डिग्री हासिल नगरेको याहुले स्पष्ट पारिसकेको छ ।

स्मरण रहोस् याहुमा भित्रिएसँगै स्कटले खर्च कटौती तथा कम्पनीको आर्थिक हैसियत वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।