सुजाना को विरोध कि प्रमोसन ?

९ पुस, । भारतको नयाँ दिल्लीमा एक यूवतीलाई सामूहिक बलात्कार गर्नेहरुमाथि कडा कारवाहीको माग राखेर प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच ब्यापक झडप भएको छ ।

प्रदर्सन कारिहरुलाई लाई लाठी बजार्न तयार प्रहरी ( फोटो :एजेन्सी )

राष्ट्रपति भवन नजिक रायसीना हिलमा प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले अश्रुग्याँस, पानीका फोहोरा प्रहार र लाठी चार्ज गरेको थियो ।

प्रदर्शनमा उत्रिएकाहरुले गत आइतवार २३ वर्षीया छात्रालाई बलात्कार गर्ने विरुद्ध कडा सजायको माग गर्दै ८ दिन देखि लगातार प्रदर्शन गर्दै आइरहेका छन् । प्रदर्शनकारीहरुले दोषीलाई मृत्युदण्ड दिनु पर्ने सम्मको माग गरेका छन् ।

प्रदर्शनमा विभिन्न क्षेत्रका मानिसहरुको सहभागिता रहेको बताइएको छ ।दिल्ली लगायत विभिन्न शहरमा बर्बर बलात्कारको घटना विरुद्ध सडकमा उत्रिएर सर्वसाधारणले विरोध प्रदर्शन गरिरहेका छन् ।

 

 

 

यसै बीच बॉलीवुड एक्ट्रेस सुजाना रेड्डी ले विरोध स्वरूप आफ्नू उतेजक बोल्ड फोटो खिचाए र विरोध गरेकी छिन

केही भारतीय संचार मध्यम हरुले उनको यो फोटो सेसन विरोध नभई  आउँ लागेको नयाँ ‘द सिटी दैट नेवर स्लीप्स’ फिल्मको  प्रमोसन  समेत भनेका छन्

(एजेन्सी हरुको सहयोगमा तयार पारिएको )

तपाइँको प्रतिक्रिया ।