सरोज खनाल पनि पाए राजनीति गर्ने

पुस, काठमाडौ । नेपाली सिनेमाका कलाकर्मीहरु पनि राजनीतिबाट अछुतो रहन सकेका छैनन् । नायक राजेश हमालदेखि चर्चित कलाकार नीर शाहसम्म राजनीतिमा आउने चाहना बेलाबेलामा राख्ने गर्छन् । यसैक्रममा नायक सरोज खनालले पनि नेपाली राजनीतिमा आउने इच्छा व्यक्त गरेका छन् ।

खनालले भने, “राजनीतिमा मेरो आवश्यकता पर्‍यो भने अवश्य आउँछु ।” अमेरिका बसाइबाट विश्राम लिन केही समय अघि नेपाल आएका सरोजले अहिलेका प्रधानमन्त्री डा.बाबुराम भट्टराइलाई अन्य दलले काम गर्न नदिएको बताएका छन् । उनले बाबुरामलाइ काम गर्न दिनुपर्ने बताए ।

सञ्चारकर्मीसंग कुरा गर्दै उनले भने,’मलाई व्यक्तिगत रुपमा मन पर्ने नेता नै बाबुराम जी हुनुहुन्छ । तर उहाँलाई काम गर्न दिइएन भन्ने मलाई लाग्छ ।’ बाबुराम असफल हुनुमा उनको आफ्नै पार्टी र अन्य दल रहेको सरोजको ठहर छ ।

 

आफ्नै पार्टी भित्र खुट्टा तान्ने व्यक्ति धेरै हुँदा बाबुरामले काम गर्न नपाएको उनको भनाई छ । यस्तै उनलाई जनताले धेरै दललाई चुनावमा मिश्रित तबरबाट विजयी गराउँदा कुनै पनि दलका नेताले काम गर्न नपाउने बताए ।

सरोजले भने,’म कुनै पनि पार्टीलाई जिताउनुहोस् भन्दिन तर एउटा मात्र पार्टीलाई चुनावमा जिताउनुपर्छ भन्छु ।’ धेरै पार्टी हुँदा सत्ताको लुछाचुडी भएकाले देश विग्रिएको उनको भनाई छ ।

तपाइँको प्रतिक्रिया ।