सचिन तेन्दुलकर को क्रिकेट संन्यास

९ पुस, / क्रिकेटका गुरु मानिने भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकरले एक दिवसीय क्रिकेटबाट सन्यास लिएका छन् । दुई दशकभन्दा बढी समयसम्म एक दिवसीय क्रिकेटमा एक छत्र राज गरेका तेन्दुलकरले आसन्न पाकिस्तान विरुद्धको एक दिवसीय टोलीमा छनोट हुने सम्भावना नरहेपछि सन्यासको घोषणा गरेका हुन् ।

हिजै पाकिस्तान विरुद्धको एक दिवसीय श्रृंखलाका लागि चयन समितिले खेलाडीको नाम सार्वजनिक गर्दैगर्दा सचिनले आफू टिममा नपर्ने पक्का भएपछि सन्यासको घोषणा गरेको भारतीय संचार माध्यमले जनाएका छन् । पछिल्लो समय खासै फर्ममा नरहेका सचिनका नाममा एक दिवसीयमा थुप्रै कीर्तिमान रहेका छन् । एक दिवसीयमा सर्वाधिक ४ सय ६३ खेल खेलेका सचिनको नाममा १८ हजार ४ सय २६ रनको कीर्तिमान छ ।

उनले ४९ सतकका साथै ९६ अर्धसतक पनि बनाएका छन् । भारतलाई एक दिवसीय विश्वकप दिलाउने सपना रहेको बताउने सचिनले सो सपना पनि पूरा भएसंगै सन्न्यास लिएका हुन् । ट्वेन्टी ट्वेन्टी क्रिकेटबाट यसअघि नै. सन्यास लिएका लिटिल मास्टर सचिनले टेष्ट क्रिकेटबाट भने सन्यास लिएका छैनन् ।

सचिनको नाममा अन्तर्राष्ट्रिय क्रिकेटमा सतकमा सतक हिर्काउने कीर्तिमान पनि रहेको छ । सचिनले विज्ञप्ति जारी गर्दै भारतले अहिलेदेखि नै सन् २०१५ मा हुने विश्वकपका लागि तयारी गर्नुपर्ने भएकाले युवालाई अवसर दिन पनि सन्न्यास लिएको बताएका छन् ।

यसैविच पाकिस्तान विरुद्धको क्रिकेट श्रृंखलाको लागि भारतीय टोलीको नाम सार्वजनिक गरीएको छ । ट्वान्टी ट्वान्टीको लागि घोषीत टोलीमा महेन्द्रसिंह धोनी, गौतम गम्भिर, विराट कोहली, युवराज सिंह, रोहित शर्मा, सुरेश रैना, रविन्द्र जडेजा, रविचन्दन आश्विन, अशोक डिन्डा, ईशान्त शर्मा, भुवनश्व कुमार, पियुस चावला, अम्बाती रायुडु र परविन्ददर अवाना रहेका छन् । भेट्रान व्याट्सम्यान विरेन्द्र सेहवाग भने एक दिवसीय टोलीमा मात्रै परेका छन् ।

(एजेन्सी हरुको सहयोगमा  तयार पारिएको )

तपाइँको प्रतिक्रिया ।