केपी ओलीले कपनमा केभने !

कपन अनलाइन 

आज बुद्ध जयन्ती, सवैभन्दा पहिला गौतम बुद्धलाई हार्दिक सम्मान गर्छु । बुद्ध जन्मेको यस्तो देश जसलाई कंगाल बनाइएको छ । जसले दुनियाँमा अक्षर नहुँदा बेद रचना गरे, उपनिषद रचना गरे, आज त्यो देशलाई कंगाल बनाइएको छ । दुनियाँमा केही थिएन यहाँ मुन्धुम निस्कियो । आफ्नै संस्कृति आफ्नै सभ्यताहरु यहाँ जन्मिए । त्यस्तो देश आज गरिव छ । यो देशको जमिन रुखो भएर पछाडि परेको होइन । यहाँको जमिन बाँझो भएर हामी पछाडि परेको होइन, यहाँका शासकहरुको दिमाग बाँझो भएर पछाडि परेको हो । अहिले पनि देशलाई पछाडि फर्काउने अगाडि बढ्न नदिने प्रयासहरु भइरहेका छन् । अव ती प्रयासहरु तोड्नु पर्छ, तोडिनेछ ।

यो सभामा कतिपय अन्य पार्टीका साथीहरु पनि हुनुहुन्छ । भरे उहाँहरुलाई उहाँका पार्टीका मान्छेले सोध्नुहुन्छ– किन गएको ? उहाँहरुले भन्नुहुन्छ–यसो कुरा सुन्न गएको के भन्दारहेछन् भनेर । भोट एमालेलाई दियन्छ भन्यो भने के गर्ने हुन् थाहा छैन । अव यहाँ पार्टी पार्टी भनेर मात्रै भएन । उहाँहरु कुरा सुन्न मात्रै होइन, संकल्प गर्न यहाँ आउनु भएको छ । यहाँ देश बनाउने, देश विग्रन नदिने सवाल छ । यहाँ हाम्रो राष्ट्रभाषा हिन्दी बनाउन खोज्या छन्, पहाड र तराई छुट्याउन खोज्या छन् । जातीय कलंक मच्चाउन खोजेका छन् । देशलाई विकास गर्न नदिने र पछाडि पार्न खोज्या छन् । यस्ता कुरामा पार्टी भनेर हुँदैन । मैले पैले पनि भन्ने गरेको छु, बीपी सम्झेर लागेका मान्छेहरु, गणेशमान सम्झे लागेका, केपी सम्झेर लागेका मान्छेहरु, अहिलेका कांग्रेसका नेता देखेर ! कठैबरा ।

अघि मैले एउटा कार्यक्रममा सुनेको थिएँ कांग्रेस कार्यकर्तालाई आफ्ना नेताबाट परेको अप्ठ्यारो । कहिले टाउकाको मोल तोक्छन्, कहिले छोरीलाई काँधमा बोक्छन् । लोकतन्त्रका लागि लडेको मान्छे भेट्टाउँदैन कांग्रेसले कसैका छोरीलाई झण्डा बनाएर पिठ्युँमा बोकेको छ । हरिविजोक। कन्तविजोक ।

एमाले विकास र समृद्धिको मार्गमा देशलाई अघि बढाउन चाहन्छ । विकासका योजना हामीले अघि सारेका हौं । अरुले त्यसलाई पहिला उडाएर पछि त्यसैको नक्कल गरेका हुन् । के के कुरा गर्छ एमालेले भनेर उडाउँछन् । दुई चार वर्ष बाँचे हामी तिनीहरुलाई रेल चढाएर काठमाडौंबाट पोखरा पठाउँछौं ।

 

कुरा गर्नेलाई होइन काम गर्नेलाई दिउँ भनेर के के नयाँ नारा पायौं भनेजस्तो गरिरहेका छन् । उनीहरुले भन्न खोजेको हामीले विकास गर्नु पर्छ भन्यौं, त्यो कुरा भो । केही पनि नगर्ने चाहिँ काम भो । यस देशका बुढा बुढीलाई सम्झिने, उनीहरुको सुरक्षा गर्ने कुरा भो । पहिले अरु पनि सरकार थिए उनीहरुले केही गर्नु परेन । एमाले आयो बुढाबुढी सम्झ्यो, फेरि एमाले आयो भत्ता बढाइदियो । फेरि आउँदा फेरि नयाँ काम गर्छ । एमाले जनताका लागि काम गर्छ । माओवादीले के गर्छ ? यसरी भोट पनि माग्दैन । उसले त गुण्डा लगाउँछ मान्छे मार्छ । हिजो राती दोलखामा मारिहाल्यो । उनीहरुसँग अरु उपाय छैन । दुई चारजना गुण्डा उफरेर चुनाव जितिन्छ भन्ने सोचेका होलान् ।

दुई चारवर्ष बाँचे अहिले विरोध गर्नेलाई रेल चढाइदिन्छु 
एमाले विकास र समृद्धिको मार्गमा देशलाई अघि बढाउन चाहन्छ । विकासका योजना हामीले अघि सारेका हौं । अरुले त्यसलाई पहिला उडाएर पछि त्यसैको नक्कल गरेका हुन् । के के कुरा गर्छ एमालेले भनेर उडाउँछन् । दुई चार वर्ष बाँचे हामी तिनीहरुलाई रेल चढाएर काठमाडौंबाट पोखरा पठाउँछौं । त्यसबेला भन्नुहुन्छ बेकारमा एमालेको विरोध गरिएछ । शहरको विकास गर्न अहिले हामीले हरेक सहरलाई ५० करोड छुट्यायौं । प्रचण्डजीले प्रधानमन्त्री भएपछि संसदमा मतिर हेरेर सोध्नु भो, रेल त ल्याउने पैसा कहाँबाट ल्याउने ? मैले त्यहाँ त उठेर जवाफ दिन मिल्दैनथ्यो । केही दिनपछि मैले भेटमा भनेँ, विकासका लागि बजेट कति चाहिन्छ मलाई भन्नुस् म ल्याइदिन्छु । दुनियाँमा पैसा छ, लगानी गर्न चाहन्छन्, हामीले वातावरण बनाइदिनु पर्छ । राजमार्गलाई फराकिलो पार्ने काम हामीले सुरु गर्यौं ।

चीनसँग हामीले पारवहन गर्यौं । अव कसैले नाकाबन्दी लगाउन सक्दैन । हाम्रा धेरै बाटा भएपछि एउटाले बाटो छेक्ने हिम्मत गर्न सक्दैन । देशले त्यस्तो दुःख भोगेका बेला नाकाबन्दीलाई नाकाबन्दी भन्न नसक्ने पार्टी, जनता दुःखमा परेका बेला पराईलाई साथ दिने पार्टी आज तपाईंहरुकहाँ भोट माग्न आएको छ । तपाईंको चुल्हो नबलेका बेला चुल्हो बाल्न पाउनु पर्छ भन्न नसक्ने पार्टी, विरामी भएर औषधी नपाइरहेका बेला औषधी पाउनु पर्छ भन्न नसक्ने पार्टी, हाम्रो अन्तर्राष्ट्रिय अधिकार खोसिनु हुँदैन भन्न नसक्ने पार्टी । त्यस्ता लाचार पार्टी देशलाई फेरि त्यही दिशातिर फर्काउने कोसिस गरिरहेका छन् ।

मैले भन्नु पर्छ जस्तो लाग्दैन । भोट केमा हाल्नु पर्छ मैले भन्नु पर्छ जस्तो लाग्दैन । सूर्यमा भोट हाल्नु देश बनाउने ईंटा थप्नुस् । एमाले देश बनाउने अठोट बोकेर अघि बढेको छ ।

(ओलीले बुढानिलकण्ठ नगरपालिकाको कपनमा भएको चुनाव प्रचार सभामा ओलीले गरेको सम्बोधनको अंश)

भिडियोमाहेर्नुहोस्  ओलीको   सम्बोधन

तपाइँको प्रतिक्रिया ।