जित्ने उद्घोषकासाथ माओवादी केन्द्रले बुनपामा रविन अधिकारीसहितको उम्मेदवारहरु घोषणा गर्यो
कपन अनलाइन, काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज देशभर एकसाथ स्थानीय निकाय निर्वाचनका लागि उम्मेदवारहरु घोषणा गर्यो । माओवादी केन्द्रका तर्फबाट आज बुढानिलकण्ठ नगरपालिकामा पनि उम्मेदवार घोषणा कार्यक्रम सम्पन्न भएको छ । बुनपामा अनुमान गरिएझैँ विकासवादी छवि बनाएका रविन अधिकारीलाई माओवादी केन्द्रले मेयरमा उम्मेदवार बनाएको छ । बुनपा वडा नं ८ गोल्फुटारको फुटबल मैदानमा उपस्थित कार्यकर्तामाझ अधिकारीले भने “हामी जित्दैछौँ सबैले साथ दिनुहोला, अब विकासका लागि राजनीति हुनेछ ।”
वुनपामा रविन अधिकारीले माओवादी केन्द्रको अगुवाई लिएपछि यस क्षेत्रमा माओवादीको छवि उज्यालिएको मात्र हैन अन्य पार्टीभन्दा धेरै विकासवादी बनेको छ माओवादी केन्द्र । उम्मेदवारी घोषणसभामा बोल्दै अधिकारीले अब जनताले पनि पार्टीका नाममा सहित विकासको नाममा अभिमत दिने बेला आएको बताए ।
पानी परिरहेको मौसमा प्रमुख अतिथि आहुतीले उज्यालो नेपालका पक्षमा देशभर माओवादी केन्द्रका पक्षमा जनमत बढेको बताए । कार्यक्रममा बुनपाका १३ वटै वडाका वडासदस्य र वडाध्यक्ष उम्मेदवारको पनि घोषणा गरिएको थियो ।