सर्वेक्षण: चुनाव आउन एक महिना अघि बुनपामा पार्टीहरूको स्थिति कस्तो छ ?

कपन अनलाइन, काठमाडौँ । स्थानीय निकाय चुनाव आउन ठीक १ महिना बाँकी छ । १ महिना बाँकी रहेको बाँकी रहेको अवस्थमा बुनपामा चुनावी गतिबिधिहरु विस्तारै गति लिन थालेका छन् । यद्यपि अहिलेका गतिबिधि प्रचार केन्द्रित भन्दा उम्मेदवारीमा दावी र टिकट केन्द्रितमा नै सिमित छ । पार्टीहरु प्रचारप्रसारका लागि सोच्नु पर्ने न्यूनतम आधारभूत विषयमासमेत ध्यान दिन सकेको पाइएको  छैन।

 

 

ठूला पार्टीहरु नेपाली कांग्रेस र एमालेभित्र आधा दर्जनभन्दा धेरै स्थानीय नेताहरुले मेयर तथा उपमेयरमा दावी गरेका छन् । यी ती नेताहरु हुन् जो यस बुनपामा आफ्ना पार्टीबाट अग्रपंक्तिमा नाम आउने गर्दछ । अग्रपंक्तिका नेताहरु नै टिकटका लागि शक्तिकेन्द्रतिर धाउन थालेकाले अझै चुनावी माहौल भने स्थानीय चिया पसल, फेशबुकलगायत सामाजिक संजाल तथा केही अनलाइन पत्रिका मार्फत लेखिएको समाचारमै सिमित छ ।

 
बुनपामा मुलतः तीन पार्टी चुनावी मैदानमा छन् नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र । राप्रपाले आफू छु भन्ने आभाष दिन खोजेजस्तो गरे पनि त्यो खासै प्रभावकारी हुने देखिदैन । मेयर, उपमेयर तथा वडामा पनि यिनै ३ वा ४ पार्टीबीच प्रतिष्पर्धा हुनेछ । वडामा दिने उम्मेदवारीले मेयर र उपमेयरले पाउने मतसँग अर्थ राख्ने हुनाले वडामा कसलाई टिकट दिने बारे पार्टीहरुमा व्यापक खिचातानी भैरहेको छ । स्थानीय निकायमा लामो समयदेखिको रिक्तताले आकांक्षीहरु ह्वात्तै बढेकाले टिकट दिन पार्टीहरुलाई सजिलो देखिदैन । टिकट नपाउनेले असहयोग गर्ला भन्ने डरले पार्टीहरु त्रशित देखिएका छन् ।

 

 
यसै क्रममा कपन अनलाइनले ३ दिन लगाएर बुनपाका १३ वटै वडामा मत सर्वेक्षण गरेको छ । १३ वटा वडाका  ३०० जनामा गरिएको सामान्य कुराकानीमा आधारित भएर यो सर्वेक्षण बनाइएको हो । सर्वेक्षण विशेष गरेर वडामा कुन पार्टी बलियो छ ? नगरप्रमुखमा कुन पार्टीबाट को उठे मत आउँछ ? र कुन पार्टीबाट को उम्मेदवार उठे जित्लान ? भन्ने कुरामा केन्द्रित थियो ।

 

 

नेपाली कांग्रेसबाट मेयर पदमा उठ्न पर्ने को हो ? 
सर्वेक्षण मेयर पदका लागि नेपाली कांग्रेसबाट क्षेत्र नं. ४ का सभापति राजु श्रेष्ठ उठ्नु पर्छ भन्नेमा करिब ७५ प्रतिशतले राय प्रस्तुत गरे । त्यसपछि क्रमश न्हुच्छेनारायण श्रेष्ठ ८ प्रतिशत, राजाराम बुढाथोकी ७ प्रतिशत तथा आत्माराम पौडेलको नाम ५ प्रतिशतले लिए । गोकर्ण केसीको नाम ५ प्रतिशतले लिए ।

 

एमालेबाट मेयर पदका लागि को उम्मेदवार ठीक होला ? 
त्यसैगरी एमालेमा मेयर पदका लागि पनि सबैभन्दा प्रिय क्षेत्रीय अध्यक्ष कुसुम कार्की नै देखिएका छन् । उनलाई करिब ४५ प्रतिशत मानिसले मेयर पदको उम्मेदवार बन्न चाहेको बताए । त्यसैगरी उद्धव खरेलका पक्षमा २२ प्रतिशत मत देखियो । जयराम थापाका पक्षमा १६ प्रतिशत मत देखिएको छ भने दीपक निरौला र मिठाराम अधिकारीको पक्षमा क्रमश १० र ७ प्रतिशतले आफ्नो मत जाहेर गरेका छन् ।


माओवादी केन्द्रबाट रविन अधिकारीबाहेक कसैको नाम आएन ।

 

कांग्रेसमा जित्नका लागि राजु श्रेष्ठ नै चाहिने अवस्था 
बुनपामा मेयर कस्ले जित्ला भन्ने प्रश्नमा नेपाली कांग्रेसबाट राजु श्रेष्ठ उम्मेदवार बने भने जीत हुन्छ भन्नेहरु ३४ प्रतिशत देखिए । १० प्रतिशतले राजाराम बुढाथोकी उम्मेदवार भए जित्छ भने । १२ प्रतिशतले जो उठाए पनि जित्छ भन्ने मत जाहेर गरे । बाँकी ४४ प्रतिशतले भन्न नसकिने बताए । ३०० जनामध्ये ९९ जनाले नेपाली कांग्रेसका पक्षमा बोलेका थिए ।

 एमालेबाट कुसुम कार्कीले जित्छन् भन्ने धेरै 
एमालेमा २७ प्रतिशतले कुसुम कार्की उठे भने चुनाव जितिने बताए । त्यसैगरी उद्धव खरेल उठे भने चुनाव जितिने मत जाहेर गर्नेहरुको संख्या १८ प्रतिशत थियो । जयराम थापा उठे भने चुनाव जितिन्छ भन्नेहरु ११ प्रतिशत थियो । मिठाराम अधिकारी उठे भने चुनाव जितिन्छ भन्नेहरु ७ प्रतिशत छ भने दीपक अधिकारी चुनावमा उठे भने जितिने बताउने ५ प्रतिशत थियो । १० प्रतिशतले जो उठाए पनि जित्ने बताए । १२ प्रतिशतले भन्न नसकिने मत जाहेर गरे । ३०० जनामा १०७ जनाले एमाले पक्षमा बोलेका थिए ।


३०० जना सहभागिमध्ये रविन अधिकारी पक्षमा मत जाहेर गर्नेहरु ४४ जना थिए । बाँकी केहीले राप्रपा, विवेकशील नेपाली, साझा पार्टीलगायतका पक्षमा मत जाहेर गरेका थिए । ११ जनाले भोट हाल्दिन भनेका थिए ।

 

वडामा को बलियो ?

बुनपाका १३ वटा वडामा को बलियो भन्ने विषय पनि हामीले सर्वेक्षणमा सोधेका थियौँ । सर्वेक्षणमा भाग लिएकाहरुले मतका आधारमा यस्तो नतिजा देखियो ।
वडा नं. १  मा

नेकपा एमाले अगाडि

 

 

वडा नं  २  मा

कांग्रेस, एमालेबीच तीव्र प्रतिष्पर्धा

 

 

 
वडा नं. ३  मा

नेकपा एमाले अगाडि

 

 
वडा नं. ४  मा

नेपाली कांग्रेस अगाडि

 

 

 
वडा नं. ५  मा

नेपाली कांग्रेस, नेकपा एमाले तीव्र प्रतिष्पर्धा

 

 

 

 
वडा नं. ६  मा
नेपाली कांग्रेस, एमाले, राप्रपा तीव्र प्रतिष्पर्धा

 

 

 

 
वडा नं. ७  मा

नेपाली कांग्रेस, नेकपा एमाले तीव्र प्रतिष्पर्धा

 

 

 
वडा नं ८   मा नेपाली

कांग्रेस, एमाले, माओवादी केन्द्र प्रतिष्पर्धा

 

 
वडा नं. ९   मा

नेपाली कांग्रेस अगाडि

 

 
वडा नं. १०  मा
नेपाली कांग्रेस, नेकपा एमालेबीच प्रतिष्पर्धा

 

 
वडा नं. ११  मा

नेपाली कांग्रेस, नेकपा एमाले तीव्र प्रतिष्पर्धा

 

 

 
वडा नं. १२  मा

नेपाली कांग्रेस अगाडि

 

 
वडा नं. १३  मा

नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र प्रतिष्पर्धा

 

 

 

तपाइँको प्रतिक्रिया ।