रिलाइन्स एकेडेमीको भाषा-साहित्य महोत्सव सम्पन्न

कपन अनलाइन बद्रि भट्टराई   रिलायन्स इन्टरनेसनल एकेडेमी कपन–३, ले १०३ औं लक्ष्मी जयन्तिको अवसर पारेर आयोजित चौथौ अन्तरमाध्यमिक विद्यालयस्तरीय वक्ृतवकला प्रतियोगिता, कवि गोष्ठी र साहित्यिक स्रष्ट्रा सम्मान २०६९ भव्यतापूर्वक सम्पन्न गरेको छ ।
नेपाली भाषा साहित्यका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमको पहिलो खण्डमा वक्तृत्वकलामा सहभागी विद्यार्थीहरुले आफ्नो कला प्रदर्शन गरेका थिए ।  सो प्रतियोगितामा उपत्यकाका १७ विद्यालय सहभागी थिए । जसमा नितेन मेमोरियलकी छात्रा अनिता ढकाल प्रथम व्.िंएन एकेडेमीका छात्रा जोना लम्साल द्धितिय तथा त्रिज्योती उच्च मा.वि.का छात्र सागरमणि भट्टराईले तेस्रो स्थान प्राप्त गरेका थिए । त्यसैगरि प्रोत्साहन पुरस्कार जुगल मा.वि का मनोज पौडेल तथा एकता जेम्स विद्यालयका मिलन घोराशैनीलाई प्रदान गरिएको थियो ।

विजेता विद्यार्थीहरुलाई लेखक, साहित्यकार एवं राजनितिज्ञ शोभाकर पराजुली रिलायन्स एकेडेमीका संस्थापक सञ्चालक राजुकुमार शिवाकोटी लगायतका अन्य अतिथिहरूले पुरस्कार प्रदान गरेका थिए ।
रिलायन्स एजुकेशन फाउण्डेशनका अध्यक्ष रविन्द्रजंग थापाको सभाध्यक्षमा भएको कार्यक्रममा प्रा.राजेन्द्र सुवेदी प्रमुख अतिथिका रुपमा उपस्थित  थिए । विशेष अतिथिका रुपमा साहित्यकार प्रयागराज वाशिष्ठ तथा अतिथिका रुपमा समालोचक डा.रामप्रसाद ज्ञवाली, कविवर डा.विष्णु के.सी, साहित्यकार तिर्थराज अधिकारी, डा.दुर्गा अर्याल, केशवराज पाठक लगायतका व्यक्तिहरुको उपस्थिति थियो ।

विद्यालयका सह–प्रधानाध्यापक दामोदर निरौला को स्वागत मन्तव्यबाट सुरु भएको औपचारिक कार्यक्रममा विभिन्न वक्ताहरुले आफ्नो मन्तव्य राख्नुभएको थियो यसरी मन्तव्य राख्नेहरुमा विशिष्ट अतिथि साहित्यकार प्रा.प्रयागराज वाशिष्ठ, समालोचक रामप्रसाद ज्ञवाली, लगाएतले निजि विद्यालयहरुले अंग्रेजी भाषालाई मात्र प्राथमिकता दिन्छन भन्नेहरुका माझमा रिलायन्स उदाहरणका रुपमा रहेको समेत बताएका थिए ।

विद्यालयका तर्फबाट अध्यक्ष रविन्द्र  जंग थापाले विद्यालयले नेपाली भाषा र साहित्यका यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउदै लैजाने भन्दै सबै संग सुझावका लागि आग्रह समेत गरेका   थिए ।  कवितावाचन गर्नेहरुमा कलानिधि दाहाल,  दामोदर निरौला, बलराम दाहाल, खेमराज पोखरेल, तिर्थराज अधिकारी , एटम विद्रोही,  केशवराज पाठक, शंकर पौडयाल, चमेली गिललगायत हुनुहुन्थ्यो ।
कार्यक्रकमको मुख्य आकर्षण भने विद्यालयले प्रदान गर्न लागेको प्रथम देवकोटा स्मृति सम्मान रहेको थियो सो सम्मान साहित्यकार प्रा.डा. श्री शैलेन्दुप्रकास नेपाललाई प्रदान गरिएको थियो । ताम्रपत्र दोसल्लाह तथा नगद रु ५,००० हजार राशीको रहेको सो सम्मान उहाँले नेपाली साहित्यका लागि ३ वटा महाकाव्य ७ वटा खण्डकाव्य तथा विद्यालय तहदेखि माहाविद्यालय तहसम्मको पाठ्यसमग्रि प्रकाशन समेतको योगदान दिएबापत रहेको थियो । उहाँलाई विद्यालयका प्रधानाध्यापक खेमलाल भुषाल संस्थाका अध्यक्ष रविन्द्र जंग थापा तथा प्रमुख अतिथि प्रा.राजेन्द्र सुवेदीले सयुक्त रुपमा सम्मान गर्नु भएको थियो

तपाइँको प्रतिक्रिया ।