कपन कांग्रेसको अगुवा भेला सम्पन्न

कपन अनलाइन, बद्रि भट्टराई  नेपाली काँग्रेस कपन गाँउ कमिटिका पदाधिकारी सहित अगुवा नेताहरुको भेला सम्पन्न भएको छ ।ने.का जिल्ला सदस्य  सागर बैजुको पहलमा भएको सो भेला नेपाली काँग्रेसका केन्दिय सदस्य गगन थापा प्रमुख आतिथिको रूपमा उपस्थित थिए ।  वर्तमान राजनैतिक अवस्था र नेपाली काँग्रेसको संगठन  विषयलाई प्रमुख रुपमा छलफलको विषय बनाइएको उक्त भेला करिब ३ घण्टा सम्म सञ्चालन भएको थियो ।

प्रजातान्त्रिक आन्दोलनका अग्रज , निष्ठावान, तथा त्यागी नेता स्व.श्री भिम ब. तामाङ्प्रति श्रद्धाञ्जली अर्पणगर्दै सुभारम्भ भएको सो भेलामा कपन गा.वि.सका अधिकांस अगुवा काँग्रेसको उपस्थिति रहेको थियो ।
भेलामा सहभागी सबै नेताहरुले नेपाली काँग्रेसको संगठन अझ शशक्त र प्रभावकारी रुपमा लाग्नुपर्ने बताए । साथै संगठनलाई मजबुत  र चुस्त बनाइराख्नका लागि हेरक शनिबार विभिन्न वडाहरुमा चियापान तथा अन्तक्रिया गर्ने, खेलकुद,साहित्य तथा जनसरोकार का विषयमा अझ बढि सक्रिय हुनुपर्ने लगाएतका सुभाव तथा विचारहरु प्रस्तुत गरिएको थियो ।  यसरी आफ्नो विचार राख्नेहरुमा ने.का. जिल्ला सदस्यहरु शशि शर्मा, सागर बैजु , माहासमिति सदस्य आत्माराम पौडेल,क्षेत्रिय उपसभापति, केसव ढकाल, क्षेत्रिय सदस्य अच्युत पौडेल, सांस्कृतिक संघका केन्दि्य सदस्य शशि विक्रम थापा, ने.वि.संघ क्षेत्र नं ४ का संयोजक दामोदर भट्टराई(बद्रि),महिला प्रतिनिधी मञ्जु खतिवडा , कृष्णमान तमाङ्ग लगायत श्याम डोटेल, नारदमणि पौडेल आदि रहेका थिए ।  ने.का. कपन गा.वि.समा पहिलो राजनैतिक शक्तिका रुपमा रहने छ भन्दै एकाई  सभापती विनोद चालिसे र उपसभापति टंक सापकोटाले यस किसिमको कार्यक्रम अब इकाइले नै गर्ने प्रेरणा समेत मिलेको बताए ।
भेलाको अन्त्यमा  सांस्कृतिक संघका केन्दिय अध्यक्ष तिर्थ थापाले कपन काँग्रेसमा सबै किसिमको प्रतिभा भएका तथा पेशागत क्षेत्रमा लागेका व्यक्तिहरु भएकाले संगठन लाई मजबुत बनाउन एकदमै सहज हुने आशा र अनुभव समेत सुनाएका थिए ।  भेलाका प्रमुख अतिथि गगन थापाले व्यक्तिगत आचरणमा सुधार, जनताको घर सम्म जाने वातावरण तथा वैचारिक बहसलाई मुख्य रुपमा आधार बनाएर संगठन गर्नका लागि निर्देशन समेत दिएका थिए  ।  आफु पनि यसै क्षेत्रको क्रियाशिल सदस्य भएको र आफ्नो राजनैतिक भविष्यमा समेत यस क्षेत्रको महत्पूर्ण भुमिका रहने हुदाँ ‘राम्रो काँग्रेस हाम्र्रो काँग्रेस’ युवा अभियान यस गा.वि.स बाट सुरु गर्न अनुरोध समेत गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।