विश्वकै सबैभन्दा ठूलो हनुमानको मुर्ति बुटवलमा

 

कपन अनलाइन ऐतिहासिक, पुरातात्विक, धार्मिक एवं पर्यटकिय दृष्टीले महत्वपुर्ण स्थलका रुपमा परिचत बुटवलको जितगढीमा बिश्वकै ठुलो हनुमान मुर्ति स्थापना गरिने भएको छ ।

जितगढीको ऐतिहासिक महत्वलाइ बिश्वभर प्रचार गर्ने उद्देष्यले धार्मिक र सांस्कृतिक पर्यटन प्रबर्धन गर्न बिश्वकै अग्लो १ सय ५१ फिट उचाइको शंकटमोचन हनुमान मुर्ति स्थापना गर्न लागिएको हो । भक्ति, बिबेक, त्याग, समर्पण र पराक्रमको स्वरुप मानिने हनुमानको मुर्ति स्थापना गरि नेपाली र जितगढी किल्लाको गरिमा बढाउन सहयोग गर्ने हनुमान सेवा समितिले जनाएको छ । दुई बिगाहा क्षेत्रफलमा पर्यावरणिय पार्क सहित निर्माण गरिने मुर्तिको नमुना स्वरुप १ सय ५१ सेन्टी मिटरको हनुमान मुर्ति भारतबाट ल्याइएको छ । मुर्तिको स्थापना गर्न १५ करोड रुपैया लाग्ने अनुमान समितिले गरेको छ ।

तपाइँको प्रतिक्रिया ।