नेपाली टोली बंगलादेश प्रस्थान

संसिर १९ / बंगलादेशको ढाकामा आयोजना हुने दोस्रो दक्षिण एसियाली जुडो क्याडेट प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोली हिजो त्यसतर्फ प्रस्थान गरेको छ।
डिसेम्बर ५ देखि ८ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका २१ खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता १० देखि १३ वर्ष मुनि र १३ देखि १६ बर्ष मुनि गरी दुई समुहमा खेलाइनेछ। नेपाली टोली टोली ढाका प्रस्थान गर्नुअघि राष्ट्रिय खेलकुद परिषद्मा कार्यक्रमको आयोजना गर्दै बिदाइ गरिएको थियो। खेलाडीहरुलाई परिषद्का सदस्यसचिव युवराज लामा, जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य लगायतले बिदाइ गर्दै सफलताको शुभकामना दिएका थिए।

तपाइँको प्रतिक्रिया ।