मेलम्चीको दस्ताबेज मनिला पठाइयो

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ र इन्टेक निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय बोलपत्र अनुमोदनका लागि मनिलास्थित एसियाली विकास बैंक (एडिबी) को प्रधान कार्यालय पठाइएको छ ।

राष्ट्रिय महत्वको उक्त आयोजनाको मुख्य काम २७.५ किलोमिटर लामो सुरुङ र इन्टेक निर्माणको ठेक्का चाइना रेलवे १५ ब्यूरो ग्रुपसँगको करार सम्झौता रद्द भएपछि उक्त कामका लागि नयाँ ठेकदारसँग सम्झौता गर्न आयोजनाले बोलपत्रसम्बन्धी दस्तावेज मनिला पठाएको हो ।

आयोजना कार्यान्वयनको जिम्मेवारी पाएको मेलम्ची खानेपानी आपूर्ति विकास बोर्डले आज सम्ममा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिने कार्ययोजना सार्वजनिक गरेको थियो । परियोजनाको मुख्य लगानीकर्ता एडिबीले प्रस्ताव स्वीकृत गर्नेवित्तिकै बोलपत्र आह्वान गरिने बोर्डका कार्यकारी निर्देशक कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।

तपाइँको प्रतिक्रिया ।