पुस्तक लैजाने क्रम बढ्यो

कपन अनलाइन 

पोखरा, ११ चैत । नयाँ शैक्षिक सत्रमा विद्यालयका लागि आवश्यकपर्ने पुस्तक लैजाने क्रम बढेको छ ।

गण्डकी तथा धवलागिरी अञ्चल अन्तर्गतका जिल्लामा पुस्तक वितरण गर्दै आएका जनक शिक्षा सामाग्री केन्द्र, पोखराले विभिन्न जिल्लाका लागि पुस्तक पठाउने कार्यलाई तीव्रता दिएको कार्यालयका सूचना अधिकारी शिवलाल पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार वैशाख १ गतेपछि नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले पछिल्ला दिनमा यस क्षेत्रअन्तर्गतका विभिन्न जिल्लाका लागि पुस्तक लैजाने क्रममा वृद्धि भएको हो ।

चैत मसान्तभित्रमा सबै विद्यालयमा पुस्तक पु¥याउने सोचका साथ कार्यालयबाट काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

यस क्षेत्रमापर्ने हिमालपारीका जिल्ला मनाङ र मुस्ताङमा भने फागुन १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुने भएकोले ती जिल्लामा फागुन महिना सुरु हुनुअगावै पुस्तक पठाइसकिएको कार्यालयले जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।